काठमाडौंकाे फाेहाेरबाट अाजदेखि दैनिक १४ किलाेवाट बिध्युत उत्पादन सुरु

कपन अनलाइन

काठमाडौ असार १३ ।

काठमाडौंकाे फाेहाेरबाट अाजदेखि दैनिक १४ किलाेवाट बिध्युत उत्पादन हुने भएको छ ।काठमाडौं महानगरपालिकामा दैनिक ५०० टन फाेहाेर सकँलन हुँदै अाएकाे छ । जस मध्ये ३०० टन जैविक फोहोर रहेको छ जस वाट १४ किलोवाट बिद्युत उत्पादन सुरु भएको हो । यसवाट विद्युतमात्र नभै ३०० केजी मल समेत उत्पादन हुनेछ ।

काठमाडौँ महानगरपालिकाका मेयर बिध्यासुन्दर शाक्य, उप मेयर हरिप्रभा खड्गि श्रेष्ठ र युराेपियन युनियनकि राजदुत रिन्छी तिरिँङ्कबाट सँयुक्त रुपमा उद्धधाटन भएको यस प्लान्ट ले बिद्युत उत्पादन को साथै फोहोर मैला व्यवस्थापन मा पनि सहयोग पुर्याउनेछ ।

युराेपियन युनियनकाे १ कराेड ८२ लाखकाे लागतमा याे ट्रिटमेन्ट प्लान्ट निर्माण गरिएको हो ।

 

तपाइँको प्रतिक्रिया ।