कपनमा बालार्क प्रि–स्कुल उद्घाटन
कपन अनलाइनबद्रि भट्टराई कपनमा नयाँ स्कूलहरू स्थापना हुने क्रममा आज बालार्क प्रि–स्कुल आजबाट (२०६९-११-४) विधिवत रुपमा उद्घाटन भएको छ । सरस्वती पूजाको अवसरमा विशेष कार्यक्रमका बिच स्कुल आफ्नो उद्घाटन गरेको हो । कपन–३ स्थित पञ्चकन्या चोकमा विहान ८ बजेदखि २ बजेसम्म औपचारीक कार्यक्रम सञ्चालन गरेको विद्यालयले आज एक दिनको लागि भने निःशुल्क भर्नाको समेते व्यवस्था गरिएको स्कुलका प्रधानाध्यापक रुक्मिणी तिमल्सिनाले कपन अन लाईनलाई जानकारी दिनुभयो ।
आगामी बैशाखदेखि सञ्चालन हुने विद्यालयमा मन्टेश्वरी प्रविधिबाट पठनपाठन गराईनेछ । सक्षम, सभ्य, बौद्धिक र सामाज र नागरिक बनाउन मद्धत पुर्याउने उद्देश्यले बालबालिकालाई आधुनिक साथसाथै संस्कृतिसम्पन्न र परम्परागत वातावरणमा अध्यापन गराउने लक्ष्य स्कुलको छ ।
मन्टेश्वरीबाट तालिमप्राप्त युवा समुहले सञ्चालन गरेको सो स्कुलले अंग्रेजी, नेपालीका साथै स्थानीय भाषाको प्रयोगलाई समेत प्राथमिकता दिने जनाएको छ । बालबालिकालाई अध्ययनमा सहजता होस् भनेर स्कुलमा बालबालिका मैत्री वतावरण तयार पारिएको प्रधानाध्यापक तिमल्सिनाले बताउनुभयो । बालबालिकालाई नया“ खोजीका लागि उत्प्ररित गर्न प्रत्येक कक्षा आधुनिक प्रविधिले सजाईएको छ । स्कुलमा बालबालिकालाई आवश्यक र ज्ञान बढाउन मद्धत गर्ने सामाग्री सहितको लाईब्रेरी र प्रयोगशालाका लागि छुट्टाछुट्टै ब्लकको व्यवस्था गरिएको छ ।