बुढानिलकण्ठको बजेट निर्माणमा जुटे जनप्रतिनिधि -२
कपन अनलाइन
काठमाडौ,असार १२ |
बुढानिलकण्ठ नगरपालिका आगामी आवका लागी बजेट निर्माणको अन्तिम चरणमा छ । यसै सन्दर्भमा यस कपन अनलाइनले प्रतक्ष्य रुपमा विभिन्न वडाका अध्यक्षहरु संग स्थलगत रुपमा भेटेर तयार गरेको यो विशेष सामग्रीको दोश्रो भाग प्रस्तुत गरेका छौ । अपेक्षाको पहाड र घोषणा को चांग विच नवनिर्वाचित जनप्रतिनिधिले कस्तो बजेट र कार्यक्रम तय गर्लान भन्ने चासो सर्वत्र रहेको छ । बजेट सर्वाजिनिकरण पुर्व प्राथमिकतामा पर्ने योजना तथा कार्यक्रम के के हुनेछन ? तिनै योजना तथा कार्यक्रम समेटेर यो सामग्री प्रस्तुत गर्न लागेका हौ । यस भाग मा वडा नं १,२,३,४,५,र १३ का कार्यक्रम तथा योजनाका वारेमा समाचार सामग्री तयार गरेका छौ । भाग १ मा वडा नं ८,९,१०,११ र १२ का कार्यक्रम तथा योजना प्रस्तुत गरिएको थियो ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १ का विशेष कार्यक्रम तथा योजना
बुढानिलकण्ठ नगरपालिका वडा नं १ को गौरवको योजनाको रुपमा डाडा गाउँमा भिउ टावर निर्माण रहेको अध्यक्ष सुरेन्द्र लामाले बताएका छन । यसका साथमा वडाको माथिल्लो भेगका सडक विस्तार र निर्माण अर्को मुख्य योजनाको रुपमा वडाले अगाडी सारेको छ ।
सिमली र तौलुंग क्षेत्रका बाटाहरुको विस्तार र निर्माण गर्ने कार्य पनि यसै वर्षबाट अगाडी बढाइने छ ।खानेपानीको समस्या यस वडामा प्रमुख रुपमा रहेकोले यसको समधानका लागी पनि संकलन ट्यांकी निर्माण गर्ने योजना वडाले बनएको छ ।
यसका लागी छुटै संचालित ३ वटा खानेपानी योजनालाई समेटेर तौलुंग एकिकृत खानेपानी आयोजना समिति निर्माणको पहल पनि वडाले थालेको छ । युवा लक्षित कार्यक्रम तर्फ खेल मैदान निर्माण , खेलकुदका कार्यक्रम आयोजना तथा तौलुंग खेलकुद एकेडेमीलाई सकृय बनाउने यस वर्ष को १ नं वडाको योजना रहेको छ ।महिला लक्षित कार्यक्रम तर्फ सवारी चालक तालिम र अन्य रोजगार मुलक तालिम संचालन गरिने वडाले जनाएको छ । जेष्ठ नगारिकहरुका लागी विश्राम स्थल निर्माण गर्ने योजना पनि रहेको अध्यक्ष लामाले बताए ।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ का विशेष कार्यक्रम तथा योजना
बिद्युत सव स्टेसन संगै १० रोपनी जग्गामा जेष्ठ नागरिक हरुका लागी पार्क निर्माण कार्यको थालनी भैसकेको र यसलाई पूर्णता दिने प्रमुख योजना रहेको वडा नं २ का अध्यक्ष राजेन्द्र खड्काले बताए ।
यसका साथमा खानेपानी समस्या समाधानका लागी धोवी ढुंगा मुहानमा २ लाख ५० हजार लिटरको खेपानी ट्यांकी निर्माण गर्ने पनि योजना वडाले अगाडी सारेको छ ।वातावरण संरक्षणका लागी “एक युवा एक कुचो ” कार्यक्रम तयार गरेर लागु गर्ने अर्को योजना वडाको रहेको छ ।महिला लक्षित कार्यक्रमतर्फ रोजगार मुलक तालिम संचालन गरिने छ ।त्यस्तै अपांग नागरिकहरुका लागी वडाका २ वटा सडकलाई अपांग मैत्री बनाउने र रुद्रेश्वर हाइटमा सुविधासम्पन्न क्रियापुत्री भवन निर्माण गर्ने योजना पनि वडाले बनएको छ ।जसका लागी ६० लाख रकम विनियोजन समेत भैसकेको छ ।ढल नभएका बाटाहरुमा ढलको व्यवस्था गर्ने कामलाई प्राथमिकतामा राख्ने अध्यक्ष खड्काले बताए ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का विशेष कार्यक्रम तथा योजना
बुढानिलकण्ठको ऐतिहासिक मन्दिरलाई विशेष क्षेत्र बनाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्न पहल गर्ने वडा नं ३ को विशेष योजना रहेको वडाका अध्यक्ष बाल कृष्ण श्रेष्ठ ले बताए ।
यसका साथै खानेपानी समस्या समधानका लागी विभिन्न स्थानमा ट्यांकी निर्माण गरि सहज वितरणको व्यवस्था गर्न पहलकदमी लिईसकेको वडाले जानकारी दिएको छ । सरसफाईका लागी बुढानिलकण्ठ मन्दिर वरीपरी विशेष कार्यक्रम संचालन गरि त्यहाँ कुद्ने गाडीहरुलाई बैकल्पिक बाटो निर्माणगर्ने योजना वडाले बनाएको छ । शिक्षातर्फ सार्वजनिक र सामुदायिक बिद्यालय लक्षित कार्यक्रमहरु पनि संचालन गरिने छ । युवा लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउनका लागी ” यो दसैँ तिहार खेलकुदको बहार ” अभियान संचालन गर्ने वडाको योजना रहेको छ भने मन्दिर वरपर डिजिटल बोर्ड राखी वडाबाट फेलेक्स पूर्ण रुपमा प्रतिबन्ध लगाउने वडाले नीति कार्यक्रम पारित गर्ने अध्यक्ष श्रेष्ठ ले बताए ।वडाको गैरी गाउँमा जेष्ठ नागरिक पार्क निर्माण पनि यस वडाको अर्को योजना रहेको छ ।
महिला लक्षित कार्यक्रम तर्फ ब्रिकेट उद्योग संचालनको कार्यक्रम रहेको छ भने स्वास्थ्य चौकीको स्तर उन्नति पनि गरिने वडाको योजना रहेको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ४ का विशेष कार्यक्रम तथा योजना
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ र ४ को सिमाना मा रहेको लिकु खोला पुल मर्मत र निर्माण वडाको पहिलो प्राथमिकता मा रहेको वडा नं ४ का अध्यक्ष राजु खड्का ले बताए ।
यो पुल वडाका मुख्य भूभाग जोड्ने नाका को रुपमा रहेको छ ।यसबाट करिव ८०० घरधुरी लाभान्वित हुदै आएका छन । खानेपानी तर्फ अहिले भैरहेको व्यवस्थालाइ सुधारगरी व्यवस्थित वितरण प्रणाली बनाउने योजना वडाले अगाडी सरेको छ । हाल १ लाख २९ हजार , २ लाख २० हजर र ३ लाख लिटर का ट्यांकीमा पानी संकलन गरि वितरण गरिदै आएको छ । यसका साथै नुवाकोटको लिकु खोलाबाट लिफ्ट गरि पानी ल्याएर वितरण गर्ने योजना पनि वडाले बनाएको छ । महिला लक्षित कार्यक्रम तर्फ स्विटर र मोजा बनाउने तालिम संचालन गर्ने वडाले जनाएको छ । युवा लक्षित कार्यक्रम तर्फ लागु औसधी दुर्व्यसन हटाउन विशेष कार्यक्रम संचालन गरिने छ ।
खेलकुद तर्फ हाल वडामा रहेको खेलकुद मैदान लाई ३ वर्ष भित्र खेल खेल्न योग्य बनाउने योजना वडाले अगाडी सरेको छ जसमा सांसद विकाश कोष बाट ४१,००,००० रकम बिनियोजन समेत भएको छ । वडाको अर्को महत्वपूर्ण कार्यक्रमको रुपमा बुढानिलकण्ठ बाट चंडेश्वरी जाने बाटो निर्माण गरि यसलाई पर्यटकीय मार्ग बनाउने र रास्ट्रिय निकुन्ज संग जागा भाडामा लिएर बनभोज स्थल निर्माण गर्ने पनि वडाको योजना रहेको छ । यसका साथै शान्ती सुरक्षाका लागि प्रहरी बिट स्थापना गर्न पहल गर्ने अध्यक्ष खड्काले बताए ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ का विशेष कार्यक्रम तथा योजना
वडाको चिसानीमा होम स्टे संचालन गर्ने र माथिल्लो भेगमा भिउ टावर निर्माण गर्ने मुख्य योजना रहेको वडा नं ५ का अध्यक्ष बिजय तामांगले बताए।
यसका साथै ग्रामिण बस्ती बढी रहेको यस वडामा सडक निर्माण र विस्तार प्रमुख प्राथमिकतामा परेका छन । जसमा चिसिनी -थार्थोक सडक ,थार्थोक- टुसाल सडक आदि मुख्य रहेका छन । डाडा गाउँमा पनि रास्ट्रिय निकुन्ज बाहेक अन्य बैकल्पिक बाटो खोज्ने र खोल्ने पहल वडाले सुरु गरि सकेको छ । खानेपानीका लागी कुवा र मूलमा निर्भर रहेको यो वडामा यस वर्ष देखि ट्यांकी निर्माण गरि दिगो श्रोत पहिचान गर्ने वडाले जनाएको छ ।
ढल निकासको योजना पनि निर्माण गरिएको अध्यक्ष तामांगले बताए। महिला लक्षित कार्यक्रम तर्फ सिपमुलक तालिम पहिलो प्राथमिकता राखेको वडाले एउटा उत्पादनमुलक कारखाना खोल्ने योजना बनाएको छ ।खेलकुद तर्फ बुढानिलकण्ठ आवासीय मावी को मैदान प्रयोगको पहल सुरु गरिएको छ भने डाडा गाउँमा टेलिफोन टावर स्थापनका लागी काम सुरु गर्ने अध्यक्ष तामांग ले बताए ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का विशेष कार्यक्रम तथा योजना
सापाटार र कौडोललाई पर्यटकीय गाउँका रुपमा स्थापना गर्ने वडा नं १३ को प्रमुख योजना रहेको वडाका अध्यक्ष श्री कृष्ण श्रेष्ठ ले बताए । यसका साथै वडामा प्रमुख समस्याको रुपमा रहेको ढल निकाश पहिलो प्राथमिकता मा वडा नं १३ ले राखेको छ ।
सडक विस्तार र सुधार तर्फ गाम्चा – कौडोल सडक, चुनिखेल सापाटार सडकलाई वडाले उच्च् प्राथमिकतामा राखेको अध्यक्ष श्रेष्ठले बताए । शिक्षा तर्फ वडाका नौलिन मावी र जन उद्धार माविको भवन निर्माणका लागि बजेट विनियोजन गर्ने योजना वडाले बनाएको छ । युवा लक्षित कार्यक्रम तर्फ खेलकुद र कम्प्युटर तालिम मुख्य रहेका छन भने महिला लक्षित कार्यक्रममा एक योजना बनाई ५ लाखको कार्य संचालन गर्ने जनाएको छ । वडाका सांस्कृतिक सम्पदा र प्रचलनलाई संरक्षण गर्न भिन्तुना र जात्रालाई व्यवस्थित गर्नुका साथै वडाका विभिन्न चोकहरुको सुधार र निर्मण गर्ने कार्यक्रम तय भएको छ ।साथै गाम्चामा जेष्ठ नागरिक पार्क निर्माण गर्ने कार्य सुरु गरिने छ भने कौडोलमा बनभोज स्थल र पार्क निर्माण गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले थपे।
नोट : वडा नं ६ र ७ को कार्यक्रम तथा योजनालाई अर्को समाचार सामग्रीमा प्रस्तुत गरिने छ ।