पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई ‘सुगङ्गा पुरस्कार’
कपन अनलाइन
बागलुङ, ३० जेठ । बागलुङमा स्थापित सुगङ्गा स्मृति कोषले यस वर्षको ‘सुगङ्गा पुरस्कार’ पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।
निष्पक्ष र निडरतापूर्वक न्याय सम्पादन गरी समाजमा पु¥याएको योगदानको कदरस्वरुप उहाँलाई सो पुरस्कार प्रदान गर्न लागिएको होे । यस्तै, ‘सुङ्गा सम्मान’ पूर्व राज्यमन्त्री ओमकारप्रसाद गौचनलाई प्रदान गर्ने निर्णय भएको कोषका सदस्य सचिव ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो ।
पत्रकारिता, अनुसन्धान र समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानबापत् गौचन सम्मानित हुन लाग्नुभएको हो । पुरस्कृत र सम्मानित हुने दुबै व्यक्तित्वको गृह जिल्ला बागलुङ हो । आउँदो असार १८ गते बागलुङ सदरमुकाममा आयोजित कार्यक्रममा सो पुरस्कार र सम्मान प्रदान गरिने कोषले जनाएको छ ।
बागलुङका अग्रज पत्रकार विदुर खड्काले स्वर्गीय आमा सुमित्रा खड्का र धर्मपत्नी गङ्गा खड्काको स्मृतिमा २०६६ सालमा कोष स्थापना गर्नुभएको थियो ।
कोषले समाजका विशिष्ट व्यक्तित्वलाई दुई वर्षको अन्तरमा पुरस्कार र सम्मान प्रदान गर्दै आएको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो । दुई वर्ष अघि छैठौं सुगङ्गा पुरस्कार राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एकराज पाठकलाई प्रदान गरिएको थियो । कोषले हालसम्म विभिन्न क्षेत्रका ६ जना व्यक्तित्वलाई सुगङ्गा पुरस्कार र ६ जनालाई नै सुगङ्गा सम्मान प्रदान गरिसकेको छ । पुरस्कारको राशि रु २५ हजार पाँच रहेको छ । रासस