प्रधानमन्त्री देउवाको पहिलो प्रस्ताव, सदाचार नीति बनाउने
कपन अनलाइन
२४ जेठ, काठमाडौं । हिजो संसदवाट निर्वा्चित प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदभार सम्हाल्दै राष्ट्रिय सदाचार नीति बनाउने प्रस्ताव माथी हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री देउवाले आज शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ लिएका थिए । त्यस लगतै सिंहदरबार पुगेर देउवाले पदभार सम्हालेका हुन् ।
देउवाले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरे भने अन्तर प्रदेश समन्वयनका लागि ‘समन्वय परिषदको सचिवालय गठन गर्ने’ निर्णय पनि गरेका छन् । अब प्रधानमन्त्री कार्यालयमा एक महाशाखाको रुपमा त्यस्तो परिषदको सचिवालय गठन हुने वताइएको छ ।
तपाइँको प्रतिक्रिया ।