बुनपाको कपन, चुनिखेल र महाँकालमा एमालेको ‘क्लिन स्विप’

 कपनअनलाइन

साविक कपन, चुनिखेल र महाँकाल गाविस तथा  वर्तमान बुढानिलकण्ठ नगरपालिकाको ८,९,१०,११,१२ र १३ मा नेपाल कम्युनिष्ट पार्टी एमालेले ‘क्लिन स्विप’ गरेको छ । मत गणना भएका ६ वडामा एमालेको प्यानल नै विजयी भएपछि अन्य पार्टीको क्लिन स्विप भएको हो ।

१३ वटा वडा रहेको नगरपालिकाको वडा नं १३ मा एमालेको श्रीकृष्ठ श्रेष्ठले १०९५ मत प्राप्त गरे । कुल खसेको २७०८ मतमा उनले उक्त मत प्राप्त गरेका हुन् । वडा १३ मा उनी सहित उनको प्यानल नै विजयी भएको हो । कुल खसेको ३२३२ मत मध्ये वडा नं १२ मा पनि नेकपा एमालेकै शम्भु भट्टराईले १३८४ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।

यस वडामा पनि उनको प्यानल नै विजयी भएको हो । ३१९२ मत खसेको वडा नं ११ मा नेकपा एमाले कै राजु अधिकारीले १२७५ मत प्राप्त गरी विजयी भएका छन् । यस वडामा पनि उनको प्यानल नै विजयी भएको छ । ४९५१ मत खसेको वडा नं १० मा पनि नेकपा एमालेकै युवा उम्मेदवार नवराज भट्टराईले २४१० मत प्राप्त गरी एेतिहासिक जित निकालेका छन् । उनले खसेको मतको ४९ प्रतिशत मत प्राप्त गरे । यस वडामा पनि एमाले कै प्यानल विजयी भएको हो ।

बुढानिलकण्ठमा मत गणना भएका वडामध्ये सबैभन्दा बढी मतान्तरले यस वडामा एमालेको प्यानल विजयी भएको हो । त्यसैगरी वडा नं ९ मा पनि एमालेकै राजेन्द्र सापकोटाको प्यानल नै विजयी भएको छ । उनले खसेको कुल मत २३८९ मध्ये ९२० मत प्राप्त गरेका छन् । साथै वडा नं ८ पनि एमाले कै सुमन तामाङको प्यानल विजयी भएका छन् । कुल खसेको मत २८१४ मध्ये तामाङले १११६ मत प्राप्त गरे । यस वडामा पनि उनको प्यानल नै विजयी भएपछि साविक चुनिखेल, चपली र महाँकालको ७ वटै वडामा एमालेले अन्य पार्टीलाई क्लिन स्विप गरेको छ ।

बुढानिलकण्ठ नगरपालिकामा रहेका साविकका ६ वटा गाविसमा २०५४ सालमा पनि एमाले नै जितेको थियो ।

तपाइँको प्रतिक्रिया ।