बूढानीलकण्ठ नगरपालिकाको मतदान केन्द्रमा लफडा

कपन अनलाइन 

बूढानीलकण्ठ नगरपालिकाको मतदान केन्द्रमा लफडा  सुरुभएको छ । नेपाली काँग्रेसको पक्कड  मानिएको बुनपा वडा नम्बर ११ को मतगणना परिणाममा  एमालेले अग्रस्थान हासिल गरेपछि  नेपाली कांग्रेसले पून मत गणना सुरु गर्नुपरने माग राख्दै लफडा गरेको हो ।

आज बिहान ७ बजेबाट सुरुभएको मतगणनामा एमाले बाट  राजु अधिकारी ले १ हजार ८६  मत र  नेपाली काँग्रेसका अचुत पौडेलले  ९१३ मत प्राप्त गरेका थिए भने एमालेले आफ्नो  प्यानलले  जिती सकेको  जनाइएको थियो ।

  हेर्नुहोस्  दिन भर लागएर गनिएको घोषणाहुन बाकीं ११ नम्बर वडाको मत परिणाम

 

विवाद के ?

नेपाली काँग्रेसले त्यस वडाको कुल मतदान  संख्या ३ हजार १ सय ९२ रहेकोमा  करिब २०० भोट नपुगेको भनि  पुन मतगणनाको माग राखेको छ । तर स्वोयं   अचुत पौडेलले भने आफुले नजित्ने पक्का  देखेपछि मतगणना स्थल छोडे गैसकेका  छन् ।

यसै लफडाले गर्दा    निर्वाचन आयोगले ११ को परिणाम घोषणा गर्न सकेको छैन भने नगरकै  सबैभन्दा ठुलो  वडा ,वडा नम्बर १० को मतगणना  कतिबेला सुरुहुनेहो  अन्योल भएको छ ।   कपन अनलाइनले  यस सम्बन्धि जिज्ञासा सहायक निर्वाचन अधिकृत विदुरप्रसाद कोइरालालाई राख्दा  आफुहरु  सम्बन्धित पक्षहरुसँग छलफल गर्दै रहेको बताए ।

तपाइँको प्रतिक्रिया ।