वुनपा ३०,६०० मत खस्यो, मेयरको जीतहारमा रविन र सानुकान्छाको भुमिका
कपन अनलाइन, काठमाडौँ ।
आज भएको स्थानीय तह निर्वाचनअन्तर्गत वुढानिलकण्ठ नगरपालिकमा ७५ प्रतिशत मत खसेको छ । वुनपा निर्वाचन आयोग अनुसार ३० हजार ६ सय मतदान भएको जनाएको छ । केही बेरमा मतगणना हुने तयारीका लागि यतिखेर सर्वदलीय बैठक हुन लागेको निर्वाचन आयोग श्रोतले कपन अनलाइनलाई बतायो ।
यसअघि आज बिहान सातबजेदेखि अपरान्ह ५ बजेसम्म भएको मतदानको प्रारम्भिक अनुमान अनुसार वुनपाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा भएको छ । माओवादी केन्द्रले खासै महत्वपूर्ण चुनावी माहौल बनाउन सकेको देखिएन ।
वुनपा मेयर चपली गाविसले लाने करिब निश्चित भएको छ । चपलीअन्तर्गत वुनपा २ का नेपाली कांग्रेस र एमाले उम्मेदवारबीच नै मेयर पदका लागि प्रतिष्पर्धा देखियो । नेपाली कांग्रेस र एमालेको जीतहारमा उनीहरुकोभन्दा साना दलहरु माओवादी केन्द्र र राप्रपा उम्मेदवारले निर्धारण गर्ने निश्चित देखिएको छ । माओवादी केन्द्र र राप्रपाले जति कम मत पाए त्यति नेपाली कांग्रेसले जीत हासिल गर्न सक्ने वातावरण बन्ने देखिन्छ । त्यसैगरी माओवादी केन्द्र र राप्रपाले जति धेरै मत पाए उती नेकपा एमालेले जीतको आधार बनाउन सक्ने देखिन्छ ।