के भएको थियो ? किन आफैलाई घाटा लाग्ने काण्ड रच्यो एमालेले ?

कपन अनलाइन, काठमाडाैं/ विशेष समाचार

शनिवार विहान बुनपा १२ मा रहेको आदर्शनगर टोलसुधार समितिअन्तर्गतको जोरधारा साइटका केही घरले नेपाली कांग्रेसबाट यस वडामा वडाध्यक्ष उम्मेदवार रहेका होमनाथ तिमिल्सिनालाई केही विषयमा कुरा बोलाएका थिए । टोलमा खानेपानीको समस्याले जुधिरहेका स्थानीयवासीहरुले शुक्रबार होमनाथ तिमल्सिनालाई बोलाएर एकपटक कुरा गर्ने निर्णय अनुसार टोलको एक खाली ठाउँमा भेटको कार्यक्रम राखेर उनीहरुले तिमिल्सिनालाई खबर गरे ।

शनिवार बिहान ८. ३० तिर होमनाथ तिमिल्सिना आफ्नो दुई साथीका साथ करिब १८ जना सहभागि स्थानीयवासीको भेलामा पुगे । भेलामा पुग्ने बित्तिकै तिमिल्सिनाले आचारसंहिताले यति धेरै मानिस एकै ठाउमा बस्न नहुने भएकाले आफ्ना कुरा छिटो र छिटोमा राख्न आग्रह गरे । सहभागि स्थानीयवासीले खानेपानी र ढलका समस्या र समाधानका बारेमा कुराहरु राखे ।

तिमिल्सिनाले आफ्नो प्रतिबद्धतापत्र देखाएर तपाइँहरुको माग आफूले सम्बोधन गरिसकेको बताए । स्थानीयवासीहरुबीच कुराहुँदै गर्दा स्वास्थ्य मन्त्री गगन थापाले तिमिल्सिनालाई फोन गरे चुनावी अबस्था बुझ्नका लागि । मन्त्री थापा वडा नं. १२ हुँदै चुनीखेल जानेक्रममा रहँदा वडा नं १२ मा होमनाथसँग भेटेर जाने सोचका साथ फोन गरेका थिए । तिमिल्सिनाले आफू यस्तो ठाउँमा रहेको बताए । मन्त्री थापा तिमिल्सिना भएकै ठाउँमा आउँछु भने । तिमिल्सिनाले सहभागि स्थानीयवासीलाई मन्त्री थापा आउँदै गरेका बताए ।

गगन थापा निजी गाडीमा  आइपुगे । थापाले मौनअबधिमा यसरी भेला हुनु नहुने बताए । आफूले यतिखेर कुनै आश्वासन नदिने बताउँदै थापाले वडाध्यक्षको उम्मेदवार होमनाथ तिमिल्सनसँग स्थानीयवासीको समस्याको बारेमा बुझे । थापाले उपस्थितहरुलाई सम्बोधन पनि गरेनन् । उनी गएको करिब २ मिनेटमा चिया आयो । चिया खाए अनि वडा सदस्य उम्मेदवार राजु विक्रम थापासँग ठट्टा गरे । होमनाथलाई विजयको शुभकामना दिए ।

यत्तिकैमा कसैले बाहिर एमालेले घेर्ने प्रयास गर्दैछ भन्ने खबर गर्यो । मन्त्री थापाले सो ठाउँमा आएको करिब ७ मिनेटमा त्यहाँबाट निस्किए । थापा बाहिर निक्लिए । उनी बाहिर निक्लिदा करिब ५० को संख्यामा एमाले कार्यकर्ता थापाको गाडि घेरेर नारा लाउन थाले । उनीहरुले अश्लिलरुपमा गाली तथा नाराबाजी गरे । थापाले आफु सामान्य भेटका लाागि आएको कसैलाई नआँत्तिन र आवेशमा नआउन आव्हान गरे ।

तर एमाले क्षेत्रीय सचिव ध्रुवराज न्यौपानेसहितको एमाले कार्यकर्ताले मन्त्री थापालाइ रोक्ने र अबरोध गर्न थाले । केही समयअघि उपमेयरको आकांक्षी भनेर चिनाइएकी देवी रेग्मी मन्त्री थापाको गाडी अगाडि लम्पसार परिन् । उनलाई गाडीको अगाडिबाट निकाल्न निकै गारो पर्यो । एमाले कार्यकर्ता नारा लगाइरहेका थिए । कोही मोबाइलबाट फोटो खिचिरहेका थिए कोही भिडियो खिच्दै थिए । भीडबाट बल्लबल्ल निस्किए मन्त्री थापा । निस्किँदै गर्दा त्यहाँ रहेका कांग्रेसी कार्यकर्तालाई संयमता अपनाउन भने ।

यता एमाले कार्यकर्ता भने मन्त्री थापाको गाडिको पछिपछि लाग्यो । मन्त्री बिरुद्ध अस्लिल गाली र नारा लगाए । निलोपुलबाट मन्त्री थापा अगाडि नबढेसम्म मोटरसाइकलमा एमाले कार्यकर्ता नारा लाउँदै पछ्याए । थापाकाे गाडीमा एमाले कार्यकर्ताले ढुंगा पनि हानेका थिए ।  निलो पुलबाट थापाको गाडि अगाडि बढेपछि एमालेले सानो कोणसभाजस्तो गर्यो । क्षेत्रीय सचिव ध्रुवराज न्यौपानेले सम्बोधन गरे । न्यौपानेले मन्त्री थापाले अचारसंहित विपरित काम गरेको भन्दै उत्तेजक सम्बोधन गरे ।

त्यसपछि एमाले कार्यकर्ताले खिचेका फोटो र भिडियोलाई फेशबुकमा भाइरल बनाए । केही आफूले भनेर चल्ने अनलाइनमा समाचार दिन भ्याए । जताततै गगन थापाले आचारसंहिता तोडेको, पैसा बाँडेको जस्तो कुरा भाइरल बन्यो ।

कसरी एमालेलाई घाटा बन्न पुग्यो यो विषय ?

खानेपानीको समस्या भएको वुनपा १२ को यो क्षेत्र एमाले वडाध्यक्ष उम्मेदवार शम्भु भट्टराइसँग रुष्ट रहेको क्षेत्र मानिन्छ । आदर्शनगर टोलसुधार समितिको अध्यक्ष बन्दा भट्टराइले यो टोलवासीको मन दुखाएकोले उनीहरु रुष्ट भएको एक टोलवासी अगुवाले नाम नलेख्ने शर्तमा कपन अनलाइनलाई बताए । यो टोलबाट आफूलाइ मत नआउने कुरामा भट्टराई करिब निश्चिन्त रहेको मानिन्छ । यस टोलका केही व्यक्तिले त खुलम्मखुल्ला भट्टराईलाई भोट नदिने भनेर हिँडेका थिए ।

यसरी वडाध्यक्षको घर अगाडिको टोल आफ्नो उम्मेदवारप्रति रुष्ट भएको प्रति एमाले चिन्तित थियो । सम्पूर्ण वडामा नै रक्षात्मक अबस्थामा रहेको एमालेले एउटा महत्वपूर्ण एजेन्डाको खोजीमा थियो जहाँ कांग्रेसलाई कमजोर र नराम्रो देखाउन पाइयोस् । यही क्रममा यो काण्ड रचाइयो ।

एमालेले गगन थापा सो ठाउँमा आउने पत्तो लगायो । यो विषय थाहा पाउने बित्तिकै उनीहरुले राजनीतिक प्रापोगोन्डा बनाउन चाहे । यसको कारण एमाले गगन थापाको नाममा कांग्रेसलाई कमजोर बनाउन चाहन्थे । उनीहरुले म्यासेज र फोनका मार्फत सबै कार्यकर्तालाई बोलाए । प्रोपोगान्डाको नेतृत्व गरे ध्रुवराज न्यौपानले ।

प्रोपागान्डा गरेको १ घण्टामै एमालेले आफूले कमजोर कान्ड रचाएको अनुभूति गर्यो । देशमै गतिलो कामका लागि चिनिएका आफ्नै क्षेत्रका सांसदलाई विना कारण लखेटेको भनेर देशभरका संचारमाध्यम र सामाजिक सन्जालले लेख्न थालेपछि एमाले कार्यकर्ताको काम नांगियो । प्रत्यक्षदर्शी कपन अनलाइनले जे भएको सोही कुरा लेख्यो । दिउँसो यही विषयमा मन्त्री थापाले एक लाइभ सोमार्फत आफ्नो कुरा र घटना बारे जानकारी गराए । थापाले जसले जसका नाममा जे गरे पनि आफ्नो निर्वाचन क्षेत्रका मानिस भएकाले आफूले माफी गर्ने बताउँदै संयमित भएर स्थानीय चुनावमा भाग लिन वुनपावासीलाई आग्रह गरे ।

तपाइँको प्रतिक्रिया ।