याद राख्नुस्, माैन अबधिमा फेशबुक तथा म्यासेज गरेर पनि चुनाव प्रचार गर्न पाइँदैन

कपन अनलाइन, काठमाडाैँ । स्थानीय तह  निर्वाचन अन्तर्गत पहिलाेचरणाकाे मतदान हुनु पूर्व यतिखेर देशका दुई सय ८३ वटा स्थानीय तहमा आइतबार हुने पहिलो चरणको निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। मौन अवधि सुरु भएसँगै राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार बन्द भएको छ।

दल तथा उम्मेदवारले प्रचारप्रसार बन्द भए पनि दलका सामाजिक सन्जाल तथा उम्मेदवारका सामाजिक सन्जाल भने अझै प्रचारप्रसारमा व्यस्त देखिन्छन् । माैन अबिधिमा एसएमएस, फेसबुक, भाइबरलगायतका विद्युतीय माध्यमबाट प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन। मौन अवधिमा कसैले पनि उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, टाटुजस्ता सांकेतिक सामग्री प्रयोग गर्न, बिक्रीवितरण गर्न, प्रदर्शन गर्न–गराउन पाइनेछैन। त्यसैगरी मौन अवधि सुरु भएपछि मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री सम्बन्धित दल वा उम्मेदवारले हटाएको हुनुपर्छ।

कसैले गराएको पाइएमा निर्वाचन आयोग, सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय वा प्रहरीलाई उजुरी गर्न सकिनेछ। त्यसैगरी मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलका पक्षमा समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्नसमेत पाइनेछैन। कानुनअनुसार निर्वाचनको ४८ घन्टाअघि मौन अवधि  हुनेछ।

 

 

तपाइँको प्रतिक्रिया ।