मौन अबधिमा उम्मेदवारकाे बारेमा समाचार प्रकाशन गर्न नपाउने, विज्ञापन गर्न पाउने

कपन अनलाइन, काठमाडाैँ । बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मौन अबधिमा कुनै पिन संचारमाध्यमले समाचारमुलक प्रकाशन वा प्रशारणहरुले समाचारमार्फत कुनै उम्मेदवार वा पार्टीको कुरा लेख्न नपाउने भएको छ । निर्वाचन आयोगको आचार संहिता अनुसार निर्वाचनसम्बन्धि सूचनामूलक बाहेक अन्य गतिबिधिको समाचार बनाउन पाइने छैन । उम्मेदवार तथा राजनीतिक दलहरुले मौन अबधिमा समाचार माध्यममा विज्ञापन भने गर्न पाउने छन् ।

तपाइँको प्रतिक्रिया ।