आज ह्यान्डबल चौरमा कांग्रेसको आमसभा, गगन थापाले सम्बोधन गर्ने

कपन अनलाइन, काठमाडाैँ । बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको अन्तिम दिन आज वुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसले वृहत आमसभा गर्दैछ । वुनपा १० स्थित ह्यान्डबल चौरमा आयोजना हुने आमसभामा यस क्षेत्रका सांसद तथा मन्त्री गगन थापाले सम्बोधन गर्ने क्षेत्रीय प्रचारप्रसार संयोजक कर्माछिरिङले बताए । पछिल्ला वर्षमा यसै क्षेत्रबाट सांसद बनेर क्षेत्रका बिभिन्न विकासका लागि अर्बाैँ बजेटको व्यवस्था गरेका कारण चुनाव प्रचारमा मन्त्री थापाको सम्बोधन महत्वपूर्ण हुने बताइएको छ । शेर्पाले यस क्षेत्रका सांसदले नेपालको स्वास्थ्य क्षेत्रमा देशमै नाम उँचो हुने गरी काम गरेको सफल मन्त्री भएका कारण पनि उहाँको सम्बोधन महत्वपूर्ण रहने बताए ।

मन्त्री थापाका साथै सांसद रामहरी खतिवडा, नेता विश्वप्रकाश शर्मा, डिला संग्रौला, पुष्पा भुषालसहितका नेताहरु कार्यक्रममा उपस्थित हुने जानकारी शेर्पाले दिए । उनले कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेका पार्टी सभापति शेरबहादुर देउवालाई ल्याउने तयारी भएको बताएका छन् । ह्यान्डबल चौरमा अपरान्ह ३ बजे हुने कार्यक्रममा सहभागि हुनका लागि वुनपा तथा क्षेत्र नं. ४ वासीलाई आग्रह गरिएको शेर्पाले बताएका छन् । वुनपाको मेयरमा राजु श्रेष्ठको जीत सुनिश्चित भैसकेको अवस्थमा यो सभाले झनै मजबुती प्रदान गर्ने बताउँदै शेर्पाले वुनपामा नेपाली कांग्रेस विकासको मूल फुटाउने तयारीमा रहेको बताए ।

तपाइँको प्रतिक्रिया ।