वुनपाको चुनाव प्रचारमा प्रचन्ड, देउवा र ओली नै आउने भए

कपन अनलाइन, काठमाडाैँ । वुनपाको स्थानीय तह निर्वाचनमा चुनावी गतिबिधि तथा प्रचारप्रसारका लागि देशकै सबैभन्दा ठूला तीन नेता बुनपा आउने भएका छन् । आज माओवादी केन्द्रको चुनावी सभालाई सम्बोधन गर्न प्रधामन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचन्ड आउने भएका छन् । आज अपरान्ह तीनबजे गोल्फुटारमा हुने कार्यक्रमलाई माओवादी केन्द्र प्रचन्डले सम्बोधन गर्नेछन् । प्रचन्डले सम्बोधनपश्चात माओवादी केन्द्रको चुनावी प्रचारले झन् उर्जा पाउने वुनपा माओवादी केन्द्रले बताएको छ

त्यसैगरी आजै वुनपा १० मा रहेको ह्यान्डबल चौरमा एमाले अध्यक्ष केपि ओलीले सम्बोधन गर्ने भएका छन् । दिउँसो २ बजे हुने सो कार्यक्रममा ओलीले सम्बोधन गरेपछि वुनपामा एमाले तात्ने बताइएको छ । केही नेताहरु चुनावमा हिँडेनन् भन्ने आारोपप्रत्यारोपलाई सम्बोधन गर्न अध्यक्ष ओली सम्बोधन गर्न आउने भएको बताइएको छ ।

भोलि २८ गते अपरान्ह ३ बजे ह्यान्डबल चौरमा नेका सभापति शेरबहादुर देउवा, स्वास्थ्य मन्त्री गगन थापालगायतका नेताहरु उपस्थित भएर नेपाली कांग्रेसको चुनावी प्रचारप्रसारलाई उर्जा दिनेछन् । वुनपामा जीतको संघारमा रहेको भनिएको नेपाली कांग्रेसले यो आमसभालाई ठूलो मतअन्तरमा जीतका लागि सहज वातावरण बन्ने कांग्रेस श्रोतले बताएको छ ।

तपाइँको प्रतिक्रिया ।