निर्वाचन आयोगविरूद्ध आन्दोलनरत राप्रपा सरकारबाट बाहिरिने विषयमा बैठक बस्दै

कपन अनलाइन, काठमाडौ । हालै वरिष्ठ उपप्रधानमन्त्री बनेर सरकारमा सहभागि भएका कमल थापाको  दल राप्रपाले सरकारबाट बाहिरिने तयारी गरेको छ । यस बिषयमा औपचारिक निर्णय गर्न सो पार्टीले भोलि बैशाख ८ गते विहान केन्द्रीय समितिको बैठक बोलाएको छ ।  सो बैठकले सरकारबाट बाहिरिने बिषयमा औपचारिक निर्णय गर्ने तयारी गरेको श्रोतले जनाएको छ ।

 

हिन्दू राष्ट्र र राज संस्थाका बारेमा  निर्वाचन आयोगले पार्टीको बिधान राख्न नदिएकोले रूष्ट भएको राप्रपाले चैतदेखिआन्दोलन गर्दै आएको छ । आयोगले बुधवार सो पार्टीलाई एक पत्र लेखि पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले बैशाख ३१ को निर्वाचनलाई असर पर्ने गरी अभिव्यक्ति दिएको भन्दै चेतानी सहित पत्रसमेत पठाएको थियो ।

 

स्रोतका अनुसार राप्रपाले सरकारबाट बाहिरियो भने आसन्न चुनावमा असर पर्ने जनाएको छ । सरकारबाट राप्रपा हट्नुसँगै सरकार कमजोर हुनसक्ने पनि जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।