माओवादी केन्द्रले बुनपा १० मा महिला वडाध्यक्ष बनाउने

कपन अनलाइन, काठमाडौँ  

चुनावी माहौलमा रंगिएको बुनपामा क्षणक्षणमा बिभिन्न गतिबिधि सुन्न तथा हेर्न पाइने भएको छ । बुनपामा माओवादी केन्द्रले भिन्न खाले रणनीतिमा उभ्याउने प्रयास गर्ने नगर अध्यक्ष रविन अधिकारी बताउँछन् । अधिकारीका अनुसार ‘हामी यो चुनावलाई पूरानो स्वरुपमाबाट सोचिरहेका छैनौ । केही नयाँ तथा प्रभावकारी काम गर्छाै ।’ अधिकारी महत्वपूर्ण वडाहरुमा महिलालाई वडाध्यक्ष उठाउने सोचमा छन् । महिलाहरुको जोश जाँगरलाई स्थानीय सरकारको मन्त्री पदमा ल्याउनु पर्ने उनको भनाई छ । ‘हामी रणनीतिकरुपमा पार्टीलाई सफल बनाउनमात्र चाहेका छैनौ, विकासको एजेन्डालाई घरघरमा पुर्याउन चाहन्छौँ । यसका लागि पुरुषभन्दा महिला सक्षम हुन सक्छन् ।’ रविनले भने ।

यसैबीच बुनपाको सबैभन्दा ठूलो वडा नम्बर १० मा नागरिक वडामन्चकी संयोजक  संचिता डोटेल वडाध्यक्ष उम्मेदवार बन्ने बताइएको छ । नागरीक वडा मन्चमा संयोजक हुन अघि उपसंयोजकको भूमिकामा पनि काम गरेकी डोटेल यस वडाकी महत्वपूर्ण नेता हुन् ।

तपाइँको प्रतिक्रिया ।