कर्मचारी आन्दोलनपश्चात काठमाडौँका स्थानीय निकायहरू काममा व्यस्त

कर्मचारी आन्दोलनपश्चात काठमाडौँका स्थानीय निकायहरू काममा व्यस्त

कपन अनलाइन, काठमाडौं । कर्मचारीहरुले बिभिन्न माग राखेर ठप्प पारिएको स्थानीय निकायहरु सुचारु भएका छन्  । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारी र स्थानीय निकायका कर्मचारी संघ, संगठनका प्रतिनिधिबिच कार्यदल गठन गरी माग सम्बोधन गर्न छलफल गर्नेलगायत सातबुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएपछि सबै कार्यालयहरु सेवाग्राहीका सेवामा सक्रिय तथा व्यस्त भएका छन् ।
राजधानी काठमाडौंको उत्तरपूर्वमा पर्ने गोकर्णेश्वर नगरपालिकामा कपन अनलाइन पुग्दा कार्यालय व्यस्त थियो । कार्यालय प्रमुख इन्द्रकुमारी थपलिया कार्यव्यस्ततकाबीच कर्मचारी पनि पहिलो प्राथमिकता जनता नै भएकाले जनतालाई सर्वाेपरी मानेर सहमतिमा आन्दोलन तोडिएको बताइन् । शुक्रबार बाटै आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गरी कार्यालयस्तरीय कामकारबाहीमा लागेको थपलियाले बताइन् ।

 

नगरपालिकाहरुमा पनि धेरैखाले विकास निर्माणलगायतका विषयहरु भर्खर आकार बन्ने तयारी भैरहेको बेला जनतालाई नगरपालिका हुनुको बोध गराउन कर्मचारी स्थानीय राजनीतिक दलहरुलाई साथ लिएर अगाडि बढेको थपलियाले बताइन् ।काठमाडौ जिल्लामा भएका नगरपालिकाहरुमा एकमात्र महिला कार्यकारी अधिकृतकरुपमा काम गरिरहेकी इन्द्रकुमारी थपलियाले विकास निर्माणका क्षेत्रमा मात्र नभै नगरको पूर्वाधारका विकासमा पनि उल्लेखनीय काम गर्न प्रयास गरिरहेकी छिन् । थपलियाको प्रयासलाई नगरपालिका सहजीकरण समितिका सदस्यहरु प्रंशसा गर्दै साथ दिइरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।