काठमाडौँ क्षेत्र नं २ मा खेलकुद प्रेमीहरुलाई चूलै निम्तो छ – संयोजक दीपा बन

काठमाडौँ क्षेत्र नं २ मा  खेलकुद प्रेमीहरुलाई चूलै निम्तो छ – संयोजक दीपा बन

कपनअनलाइन

राजधानी काठमाडौँमा यसैहप्तादेखि शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत काठमाडौं क्षेत्र नं. २ को कार्यक्रम संयोजकमा दीपा बन छानिएकी छिन् ।

आउँदो फागुन ११ र १२ गते पेप्सीकोला टाउन प्लानिङमा रहेको फुटबल मैदान हुने विद्यालयस्तरीय प्रतियोगिताको कार्यक्रम संयोजन गरिरहेकी दीपा बन जिखेविसकी सदस्य हुन् । क्षेत्र नं. २ को कार्यक्रम तयारीमा व्यस्त रहेकी बन जिखेविस काठमाडौंको कबड्डी खेलकी उपाध्यक्ष हुन् भने सेल्फडिफेन्सको कोषाध्यक्ष हुन् ।

आजभोली दिपा जहाँ भेटिन्छिन उनले भन्ने गर्छिन काठमाडौँको  क्षेत्र नं २ को नवौँ राष्ट्रपति रनिङ सिल्ड भव्य बनाउदै छौ खेलकुद प्रेमीहरुलाई चूलै निम्तो छ !
काठमाडौं क्षेत्र नं. २ का २५ विद्यालय सहभागि हुने रनिङ शिल्डमा एथलेटिक्स , कबड्डी, भलिबललगायतका खेलहरु समावेश हुने संयोजक बनले बताइन् । बनका अनुसार यस प्रतियागिताका स्थानीय आयोजक विद्यलय विद्या विकास माविले गर्दैछ । नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत काठमाडौँ जिल्लामा फागुन महिनाभरी क्षेत्रगतरुपमा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।