भब्य भयो ‘कागेश्वरी पर्यटन महोत्सव –२०७३’ हेर्नुहोस् फोटोमा
फाल्गुन ७, काठमाडौँ,
आज प्रजातन्त्र दिवसको दिन काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका १, कागेश्वरीमा कागेश्वरी महोत्सव भएको छ । गागलफेदीको चिहानडाँडा पवित्र सहिद उद्यानमा आज कागको प्रतिमा सिल्यानस गरिएको छ । सिल्यानस पूर्व संविधानसभाका सभामुख सुवासचन्द्र नेम्बाङ र काठमाडौँ क्षेत्र नं. ३ का सांसद रामेश्वर फुयालले गरेका हुन् भने अर्को कागको मुर्ति कागेश्वरी मन्दिर परिसरमा रहने छ ।
कागेश्वरी पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रमा मुख्य प्रायोजक कागेश्वरी मनोहरा नगरपालिका र मिडिया पाटन कपन अनलाइन डटकम रहेको थियो । महोत्सवमा अथिति पूर्व संविधानसभाका सभामुख सुवासचन्द्र नेम्बाङ र काठमाडौँ क्षेत्र नं. ३ का सांसद रामेश्वर फुयाल बिशेष अतिथी रहेका थिए ।
महोत्सव काठमाडौँ क्षेत्र नं. ३ का सांसद रामेश्वर फुयालको बिशेष पहलमा भएको हो । सो कार्यक्रममा कागेश्वरी मन्दिर र तामांग बस्तीको बारेमा बिस्तृत चर्चा भएको थियो । काठमाडौँमा रहेर पनि बिकट जस्तो देखिने कागेश्वरी मन्दिरको प्रचार प्रसार र ठाउँको बारेमा जानकारी गराउन महोत्सव आयोजना गरिएको साम्सद फुयालले बताए ।
कार्यक्रममा सांसद रामेश्वर फुयालले कागेश्वरीको बिकासका लागि आफु दत्तचित्त भएर लागेको र लागिरहने प्रतिबद्दता व्यक्त गरे ।कार्यक्रममा विकासका काममा कागेश्वरी नगरपालिकामा आफु हरुले योजना बनाएर सक्दो कृषि र पर्यटनको विकासको लागि काम गरिरहेको कागेश्वरी नगरपालिकामा राजनीतिक सहजीकरणगर्ने नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकामा मावोवादी केन्द्रका राजनीति व्यक्तिहरुको भनाइ थियो ।
तामांग र नेवार संस्कृतिको बिभिन्न पक्षहरु सो महोत्सवमा रखिएको थियो । भने नगरपालिका आसपासका क्षेत्रमा उत्पादन गरिएका कृषि जन्य सामग्री हरु प्रदर्शनिमा राखिएको थियो ।
यस महोत्सवमा व्यापार गरि गत साल स्थानीय ब्यापारीहरुले ५ देखि ७ लाख सम्म कमाएको र यस वर्ष ७ लाख देखि १० लाख सम्मको कारोबार भएको हुनसक्ने स्थानीय दोर्जे तामाङ्गले कपन अनलाइनलाइ बताए ।
महोत्सव स्थानीय वासीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो , उपत्यकाभरिका सबै सहरको दृश्यावलोकहेर्न सकिने स्थानमा महोत्सव गरिएको हुदाँ आन्तरिक पर्यटक हरु अबेरसम्म बसेका थिए भने महोत्सव साँझ ७ बजेसम्म संचालन भएको थियो ।
कार्यक्रमा काग सम्मेलन तथा स्थानीय बाजागाजाको झाकी हरु प्रस्तुत गरिएको थियो ।
हेर्नुहोस् दोस्रो कागेश्वरी महोत्सव फोटोमा