स्वास्थ्य मन्त्रालयले थप ४ खतरनाक रोगको उपचारमा सहुलियत दिने

स्वास्थ्य मन्त्रालयले थप ४ खतरनाक रोगको उपचारमा सहुलियत दिने

काठमाण्डौं, ४ फागुन । गगन थापा स्वास्थ्य मन्त्री भएपछि देशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम हुने क्रम जारी छ । उनी आएपछि जनतालाई खतरनाक रोगहरूको उपचारमा सरकारले सहुलियत  दिन थालेको छ । स्वास्थ्य मन्त्रालयले थप चार रोगको उपचारमा गरिब विपन्नलाई सहुलियत दिने भएको छ । पहिले विभिन्न ८ रोगका बिरामीलाईमात्र सहुलियत दिने व्यवस्था थियो ।

 

स्वास्थ्य मन्त्रालयले तयार गरेको पछिल्लो प्रस्ताव पास भएमा अब १२ वटा रोगमा औषधि उपचारका सरकारले सहुलियत प्रदान गर्नेछ । त्यस्तै सहुलियत रकमलाई ह्वात्तै बढाउने तयारी समेत मन्त्रालयले गरेको छ  । अहिलेसम्म आठ रोगका विरामीले पाउने गरेको एक लाख सहुलियतबाट बढाएर ५ लाख पुर्याउने मन्त्रायको प्रस्तावमा उल्लेख छ ।

 

स्वास्थ्य मन्त्रालयले यसअघिको विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका ०७१ संशोधन गरी स्वास्थ्य मन्त्रालय मातहत हुने गरी थप चार सहित १२ वटा रोगमा औषधि उपचारका लागी दिइने सहयोग रकम बढाएर ५ लाख रुपैयाँ पुर्याउने संशोधन प्रस्ताव गरिएको छ ।

 

मन्त्रालय स्रोतका अहिले थप भएका चार रोगमा मस्तिष्कघात, प्लाष्टिक एनिमिया, थालेसिमिया र कलेजो रोग प्रत्यारोपण रहेको छ । जसको उपचारका लागि बढिमा ५ लाखसम्म औषधि उपचार खर्च पाउने गरी शंसोधनका लागी प्रस्ताव पठाएको छ । तर अर्थ मन्त्रालयले राज्यलाई ठूलो आर्थिक भार पर्ने बताएपछि स्वास्थ्य मन्त्रालयले थप छलफल चलाइरहेको बताएको छ ।

 

तपाइँको प्रतिक्रिया ।