निर्वाचनको मिति फागुन महिनाभित्र घोषणा नभए सडक र सदनबाट दबाब ः नेता पोख्रेल

निर्वाचनको मिति फागुन महिनाभित्र घोषणा नभए सडक र सदनबाट दबाब ः नेता पोख्रेल

कपन अनलाइन 

कैलाली, २ फागुन । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोख्रेलले फागुन महिनाभित्र स्थानीय निर्वाचनको मिति घोषणा नभए सडक र सदनबाट अगाडि बढ्ने बताउनुभएको छ ।

प्रेस चौतारीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन गर्न आवश्यक रहेको बताउनुभयो ।

संविधानमा जे व्यवस्था रहेको छ त्यसलाई बदल्न आवश्यक नरहेको उहाँको भनाइ थियो । उहाँले प्रदेशको सीमाङ्कन गर्दा नेपालका पहाडी भू–भागलाई तराईसँग अलग गर्न नहुने पनि धारणा व्यक्त गर्नुभयो । रासस

तपाइँको प्रतिक्रिया ।