सांसद फुयाँलको प्रयासमा २०० जनालाई होमस्टे तालिम
कपन अनलाइन
काठमाडौँ क्षेत्र नं ३ का सांसद रामेश्वर फुयाल व्यवहारिक विकासप्रेमी नेता तथा जनप्रतिनिधिका रूपमा परिचित छन् । काठमाडौँको उत्तरपूर्वी भाग क्षेत्र नं. २, ३ र ४ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ सांसद रामेश्वर फुयालले पर्यटन विकास अभियान संचालन गरिरहेका छन् । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका विभिन्न भागहरुलाई समेटेर यस क्षेत्रको महत्वपूर्ण अंग बनाएर विकासको रुप दिन प्रयासरत छन् फुयाल ।
यस वर्ष फुयालले यस क्षेत्रको विकासका लागि केही महत्वपूर्ण आधारस्तम्भ तय गरेका छन् । यही क्रममा २०० जनालाई होमस्टे तालिम दिइएको छ । होमस्टेको ठूलो संभावना रहेको मानिएको गोकर्ण (तारेभिर, सुन्दरीजल) कागेश्वरी (गागलफेदी, भद्रवास) क्षेत्रका वासिन्दाहरूका लागि लक्षित कार्यक्रम आज समापन भएको हो ।
हालै तारेभीर महोत्सव सम्पन्न लगत्तै सांसद फुयालको प्रयासमा तालिम कार्यक्रम गरिएको थियो । माघ १ गते तारेभिर महोत्सव सम्पन्न पश्चात अब फागुन ६ गते कागेश्वरी र बैसाख १ गते मणिचुडमा हरेक वर्ष पर्यटन महोत्सव मनाउन तयार थालिएको छ । धार्मिक, पर्यटकीय र पुरातात्वीक हिसावले महत्वपूर्ण यी क्षेत्रलाई विकास गरी स्थानीय जनताको आर्थिक क्षमता विकास गर्नु नै अभियानको मुख्य लक्ष्य रहेको सांसद फुयाल बताउँछन् ।
प्रकृतिको मनोरम सौन्दर्यका साथै काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने यस्ता क्षेत्रहरुमा पर्यटन पूर्वाधारहरु तयार गरेर विकास मार्फत स्थानीय जनताको आर्थिक क्षमता सुधार गर्न सकिने प्रशस्त आधार भएकाले यस क्षे्त्रलाई विकासको धारमा ल्याउन खोजिएको उनले बताए ।
उपत्यकाका चार उच्च शिखरमध्येको एक उच्चशिखर शिवपुरी तारेभिर, प्रशिद्ध धार्मिक स्थल गोकर्णेश्वर उत्तरगया क्षेत्र, प्रशिद्ध कागेश्वरीधाम मन्दिर र हरियाली क्षेत्र, बौद्धनाथ क्षेत्र, सुन्दरीमाई मन्दिर र सुन्दरीजल क्षेत्र, राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक), लोकतान्त्रिक सहिद उद्यान, रामजानकी मन्दिर, गागल, स्वेतवाराही मन्दिर, नयाँपाटी, साहित्यिकधाम, जोरपाटी लगायत महत्वपूर्ण ठाउँहरु पर्यटकीय विकासको मुख्य आधारस्तम्भलाई पनि सांसद फुयाँलले विशेष प्राथमिकता दिएका छन्
विकासका लागि हाम्रो एकतावद्ध प्रयास जरुरी रहेको बताउँछन् सांसद फुयाल । विकासका लागि सांसद रामेश्वर फुयालले नीतिनिर्माण र गुरुयोजना बनाएर लाग्न योजना निर्माण गरेका छन् । तत्काललाई यसै आ.व. मा निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट विनियोजित रकमबाट नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान सँग सहकार्य गरेर पर्यटन प्रवर्धन तथा होमस्टे तालिम २०० जनालाई प्रदान गरिएको हो ।
(-फोटो: रामेश्वर फुयाल फेशबुक पेज)