धनगढीमा माघी खोज्नीबोजनी मेला सुरु

कपन अनलाइन /मिन ठकुरी 
धनगढी,७ माघ । आफनो संस्कृति परम्पराको जगेर्ना तथा सरकारबाट पाउनु पर्ने अधिकारको माग गर्दै थारु समुदायले धनगढीमा तीन दिने माघी खोज्नीबोजनी मेला सुरु गरेका छन ।
थारु समुदायमा माघलाई विशेष महिनाको रुपमा लिदै परम्परादेखि गर्दै आएको गतिविधिबारे जानकारी दिनको लागि धनगढी उपमहानगरपालिका–५ तारानगर, जाई, जाली, हसनपुर र मटियारीको संयूक्त आयोजनामा विहीबारदेखि तारानगर देउथान मार्गमा माघी खोज्नीबोजनी मेला सुरु गरिएको हो ।
मेलाको उदघाटन कार्यक्रममा थारु अगुवाहरुले माघ महिनामा गरिने महत्वपूर्ण क्रियाकलापबारे जानकारी गराउदै खोसिएको अधिकारको लागि आब सरकारबाट खोज्नीबोजनी गर्ने बेला आएको बताए ।
थरुहट÷थारुवान संयूक्त संघर्ष समिति कैलाली÷कञ्चनपुरका संयोजक प्रभातकुमार चौधरी नयाँ संविधान थारुहरुलाई पूर्ण अधिकार नदिएको आब सरकारसंग खोज्नीबोजनी गर्ने बेला आएको बताए । थारुहरुलाई अधिकार दिए जस्तो गर्ने तर राजनितिक, संस्कृति अधिकारबाट बञ्चित गर्दैआएकोले आब माग पुरा गराउन एकचोटीफेरी उठने बेला आएको संयोजक चौधरीले बताए ।
जिल्ला विकास समिति कैलालीका योजना अधिकृत हर्कबहादुर कठायत थारु समुदाय रिति, कला संस्कृति परम्पराको धनी समुदाय रहेको यसलाई जोगाई राख्ना आग्रह गरे । हरेक समुदायको भाषा, कला, संस्कृति जोगनु सरकार दायित्य रहेकोले जिविसबाट हुने सहयोगको लागि आफु पछि नपर्ने प्रतिबद्धता जनाए ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय उपमहान्त्री इन्दिरा चौधरी दवाइएका अधिकार खोज्ना यूवापिढी जागरुक भएरहेको बताइन । माघी महिना हरेक गाउँ, प्रत्येक घरको लागि हरहिसाब बार्षिक योजना बनाउन महत्वपूर्ण मानिएपनि टीकापुर घटनामा झुठा मुद्दा लगाएर करागारमा राखिएको २५ जना घरमुलीको घरमा खोजनीबोजनी कसरी हुने भनेर प्रश्न व्यक्त गरेकी थिइन ।
केन्द्रीय उपमहान्त्री इन्दिरा चौधरी थारु समुदायको खानपान, पहिरनलाई हेला गरेकै कारण लोप हुदै गएको पनि बताइन ।
थारु यूवा ठाकुर प्रसाद करियाप्रधान पुर्खाले सिखाएका राख्ना कुरालाई यूवापीढीले आंगल्ना जरुरी रहेको बताए । कला, संस्कृति भेषभुष परम्परा रहे पहिचान आफै जर्गेना हुने भन्दै यूवा पुस्तापनि आब हकअधिकारको लाग अघि सर्नु पर्ने बेला आएको बताए । जारी नयाँ संविधानमा थारुहरुले पाउनुपर्ने धेरै कुरा छुटाएकोले अधिकार प्राप्तीको लागि पछि नपर्ने बताए ।
कार्यक्रममा थारु महिला सभाका अध्यक्ष दुर्गा कुश्मी, थरुहट तराई पार्टी नेपालका जिल्ला अध्यक्ष विरु चौधरी, थरुहट÷थारुवान संयूक्त संघर्ष समितिके सदस्य हरिमोहन चौधरी लगायत माघ महिना र थारु समुदायले गर्ने गतिविधिबारे चर्चा गरेका थिए ।
माघी खोज्नीबोजनी मेला मुल आयोजक समितिके संयोजक तथा तारानगरका भल्मन्सा गोठुराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक कुलविर चौधरी स्वागत मन्तव्य व्यक्त गरेका थिए । संचालन सुनिता चौधरी र रामदेव कुश्मीले गरेका थिए । माघ ८ गतेसम्म संचालन हुने मेलाको पहिलो थारु साहित्यकार तथा आधुनिक गायककार मनिराम करियामघरिया, तुफान राजबंशी, सवनम चौधरी र गौरी चौधरीको लोकगित, धमार आधुनिक गितमा वेजोड प्रस्तुत रहेको थियो । भने आज मुङगहुवा, लठठहुवा, सखिया, झुम्रा, पोमा, होरी नाँच प्रस्तुत हुने आयोजक समितिका संयोजक गोठुराम चौधरीले बताए ।
त्यसैगरी मेलामा थारु खानपान तथा विभिन्न परिकारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।