करिब साढे चारलाख साधारण सदस्यता वितरण

कपन अनलाइन 

काठमाडौँ, ६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले करिब साढे चारलाख साधारण सदस्यता वितरण गरेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ।महाधिवेशन प्रयोजनका लागि गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म सो सदस्यता देशभर वितरण गरिएको थियो ।

केही जिल्लाबाट तथ्याङ्क आउने क्रम जारी छ । ती साधारण सदस्य मध्येबाट वडा, गाउँ र नगरको महाधिवेशनमा प्रतिनिधिसमेत छनौट गरिने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी, राजनीतिक कार्यपत्र, विधान, झोलालगायत सन्दर्भ सामग्री सहभागीलाई समयमै उपलब्ध गराउने र महाधिवेशनमा छलफल व्यापक बनाउने तयारीसमेत गरिएको छ ।

आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म महाधिवेशन काठमाडौँमा गरिनेछ ।यसअघि राप्रपा तथा राप्रपा (नेपाल)को एकीकरण भएपछि जिल्लाभर रहेका दुवै पार्टीको एकता सम्पन्न गरिएको छ । रासस

तपाइँको प्रतिक्रिया ।