प्रचण्ड सरकारमा दुई मन्त्री दुई मन्त्री थपिँदै
कपन अनलाइन
काठमाडौँ, ५ माघ । वर्तमान प्रचण्ड सरकारमा दुई मन्त्री थपिने भएका छन् । समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का क्रमशः खानेपानी तथा सरसफाइ र महिला बालबालिका तथा समाजकल्याण मन्त्री बन्न लागेका हुन् ।
सांसद खड्काले आफूहरुको पार्टीको सिफारिसबमोजिम प्रधानमन्त्रीले आज मन्त्रीमा नियुक्त गरी राष्ट्रपतिसमक्ष पठाउनुभएको जानकारी दिए । उहाँहरुलाई बिहीबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा सपथ गराइने बुझिएको छ ।
तपाइँको प्रतिक्रिया ।