शैक्षिक तथा धार्मिक महोत्सव २०७३ का लागी विभिन्न उपसमिति गठन

 कपन अनलाइन 

एकेन्द्र महता/ अछाम

शैक्षिक तथा धार्मिक महोत्सव २०७३ को मुल आयोजक समितीको वैठकले विभिन्न उप समितिहरु गठन गरेको छ । समितिले प्रचारप्रसार उपसमिती, अथिती सत्कार उपसमिती, मंच व्यवस्थापन, पुर्व विद्यार्थी समन्वय उपसमिती, भोजन उपसमिति, स्वयमसेवक परिचालन उपसमिति, लगायतका २४ ओटा उपसमिति गठन गरिएका छन ।

बिहीबार अछाम जिल्लाको सदरमुकाम मंगलसेनमा रहेको अछाम वहुमुखी क्याम्पसमा स्नात्तोकोत्तर तह संचालन तथा प्राविधिक शिक्षालय स्थापना गर्ने उदेश्यले यही माघ २१ गते देखि २८ गते सम्म अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ आयोजना गरिएको छ ।

अछाम वहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष एवं मुल आयोजक समिति संयोजक पदम वोहराको अध्यक्षतामा भएको भेलाका प्रमुख अथिती अछामका जिल्ला न्यायधिश हरी प्रसाद शर्मा उपाध्याय पंगेनी रहनु भएको थियो । वैठकमा वोल्दै प्रमुख अथिती न्यायधिश शर्मा उपाध्याय पंगेनीले अछाम जिल्ला साँच्चिकै अच्छा अर्थात राम्रो रहेको र अझै राम्रो वनाउन सम्पुर्ण अछामी जनता जागरुप हुनु पर्ने वताउनु भयो ।

वैठकका अथिती मंगलसेन नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद जैसीले शैक्षिक तथा धार्मिक महोत्सव सफल पार्न आफु र आफ्नो कार्यालयले सक्दो सहयोग गर्ने वताउनु भयो । अन्तराष्टिय भक्ति योग फाउन्डेशनका अन्तराष्टिय भागवत भुषण आचार्य नारायणशरण पूज्य सञ्जेलजीमहाराजद्धारा शैक्षिक तथा धार्मिक महोत्सवमा कथा वाचन गरिने वताईको छ ।

स्नातक तह सम्म मात्र अध्यापन गराउँदै आएको क्याम्पसमा स्नातकोत्तर तह संचालन भए यस जिल्लाका हजारौ विद्याथी लाभान्वीत हुने भएकाले आ आफनो क्षेत्रवाट सक्दो सहयोग गरिदिन आयोजकले सवैमा अनुरोध गरेको छ । वैठकमा अन्तराष्टिय भक्ति योग फाउन्डेशनका पदाधिकारी, मुल आयोजक समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।