सामुदायिक वनमा बेथिती

कपन अनलाइन

मीन ठकुरी÷धनगढी

कैलालीको चुरे र तराईस“ग जोडिएका तीनवटा सामुदायिक वनबाट काठदाउरा निकासीका नाममा व्यापक मात्रामा हरिया रूख काटिने गरेका छन् ।

कैलालीको रामपुर इलाका वन कार्यालय अन्तर्गत पर्ने दोदोधरा गाविस वडा नम्बर १ रानीकुण्डा (उत्तर) मा रहेका रानीजरुवा, लालीगु“रास र दानुफाटा नमुना सामुदायिक वनमा केही सातादेखि दैनिक ठूलो परिमाणमा सालका हरिया रुख काटिने गरेको पाइएको छ ।

स्थानीयका अनुसार ती सामुदायिक वनका पदाधिकारीहरू र वन कर्मचारीको मिलोमतोमा हरिया रुख काटिने गरेका छन् । यद्यपि सामुदायिक वनका पदाधिकारी भने आफ्नो वनमा कुनै गलत कार्य नभएको दावी गर्दै अरूमाथि दोषारोपण गरिरहेका छन् । दानुफा“टा नमुना सामुदायिक वनका अध्यक्ष टेकराज जोशीले आफ्नो सामुदायिक वनबाट सुकेको काठ मात्र वितरण गरेको दावी गरे । ‘ती दुई सामुदायिक वनमा का“चो रूख काटिने गरेको होला’ उनको दावी थियो— हाम्रो वनमा भने सुकेको काठदाउरा मात्रै वितरण भइरहेको छ ।

तर, सामुदायिक वनका पदाधिकारीहरूले दावी गरे झैं ती वनबाट सुकेका तथा ढलापडा काठ मात्र संकलन र वितरण हुने गरेका छैनन् । दैनिक ठूलो संख्यामा का“चो रूख काटिने गरेका छन् । ती सामुदायिक वनमा दैनिक सयौं गोरु गाडाको आवतजावत हुने गरेको छ । खुलेआम का“चा रूख काट्ने र गोलिया तथा दाउरा निकासी हुने गरेका छन् ।

काठदाउरा संकलन तथा निकासीका लागि छुटपुर्जी लिएको नाममा खुलेआम सालका हरिया रूख काटिने गरे पनि नियन्त्रणका लागि कुनै पहल नभएको स्थानीयको आरोप छ । रानिकुण्डा—१ का गोपाल पौडेल भन्छन्— भरखर काटिएका रूखका गोलिया तथा दाउरा लादेर दैनिक सयौं गोरुगाडा यी सामुदायिक वनबाट बाहिरिन्छन्, तर कसैले चासो लिएको पाइएको छैन ।

स्थानीयहरूका अनुसार यी वनमा हरेक वर्ष हिउ“दमा मनपरी ढंगले हरिया रूख काट्ने र निकासी गरिएको छ । ‘यस्तो सधैं हुने गरेको छ’ पौडेलले भने— तर, सामुदायिक वनका पदाधिकारी अथवा वन कर्मचारीहरूले कुनै चासो गर्दैनन् ।

ती सामुदायिक वनले सुकेका काठदाउरा संकलनका लागि प्रति गोरुगाडा पा“च सयदेखि एक हजार रुपैया“को रसिद काट्ने गरेको पाइएको छ । त्यसरी रसिद काटेपछि वनभित्र कसले कस्तो रूख कटानी ग¥यो भन्नेमा कुनै चासो लिने गरिएको छैन ।

रानीकुण्डामा रहेका सामुदायिक वनहरूमा बेथिती बढेको व्यापक जनगुनासो गरिएको स्थलगत रिपोर्टिङ गरिएको थियो । ती वनमा व्यापक बेतिथी रहेको पाइएको छ । कतिपयले त रसिद नै नकाटेर पनि गोरुगाडामा गोलिया तथा दाउरा बोकिरहेका थिए ।

स्थानीयका अनुसार ती सामुदायिक वनभित्र नजिकका उपभोक्तालाई प्रायः प्रवेश गर्न नदिने, तर टाढाटाढाका उपभोक्तालाई अनुमति दिने गरिएको छ । स्थानीय दीपक बुढाले भने— हामीले कैयौं पटक गुनासो गरिसक्यौं, तर वनका पदाधिकारीहरू कुनै चासो लिदैनन् ।

कैलालीका जिल्ला वन अधिकृत रमेश चन्दले पनि रानीकुण्डाका तीनवटा साुमदायिक वनमा व्यापक मात्रामा का“चो रूख र काठ काट्ने र निकासी भइरहेको आफूले पनि सुनेको बताए । ‘मैले यसबारे ईलाका वन कार्यालयलाई आवश्यक निर्देशन दिइसकेको छु’ उनले इलाका वनका अधिकृत दिलिप यादवको टोलीले आवश्यक छानबिन गरिरहेको बताए ।

जिल्ला वन अधिकृत चन्दले ती सामुदायिक वनले वातावरण प्रभाव मूल्यांकन समेत नगरी खोलानालाबाट नदीजन्य वस्तु समेत उत्खनन, संकलन र विक्री पनि गर्दै आइरहेको गुनासो आएको बताए । उनले भने— स्थानीयको गुनासो अनुसार कुनै पनि किसिमको गलत कार्य भएको पाइएमा आवश्यक कारवाही गरिने छ ।

तपाइँको प्रतिक्रिया ।