मन्त्री थकालीसँग जापानी राजदूतको भेटवार्ता
कपन अनलाइन
काठमाडौँ: वाणिज्यमन्त्री रोमी गौचन थाकालीसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले भेटवार्ता गर्नुभएको छ ।
मन्त्री थकालीको कार्यकक्ष सिंहदरबारमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आर्थिक सहयोगका साथै व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा मन्त्री थकालीले जापानले नेपालको आर्थिक सामाजिक विकासमा पु¥याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा द्विपक्षीय व्यापार र लगानी थप प्रवद्र्धन हुने अपेक्षा गर्नुभयो ।
राजदूत ओगावाले नेपालको विकासमा जापानको सहयोग निरन्तर रहने बताउँदै द्विपक्षीय हितका लागि सरकार र निजी क्षेत्रको तहमा व्यापार र लगानी वृद्धि हँुदै जाने बताउनुभयो । रासस
तपाइँको प्रतिक्रिया ।