दुर्घटनामा परी दुई जनाको मृत्यु

कपन अनलाइन 

सुरुङ्गा (झापा): पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको चारपाने सडकखण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाभरा–७ निवासी २५ वर्षीय अरुण राजवंशी र सोही ठाउँ निवासी २९ वर्षीय लोखचन राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिनुभयो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ४७१५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे १ च ३११५ नम्बरको बोलेरो कार आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक अरुणको घटनास्थलमा नै र पछाडि सवार लोखचनको उपचारका क्रममा बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।