बिग सेलमा उपभोक्ताको भिड
कपन अनलाइन
काठमाडौँ : नेपाली जुत्ता घरको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनी स्थलमा भईरहेको बिग सेल मेलामा उपभोक्ताको भिड लागेको छ । मेलाको ६ दिन बितिसक्दा यस मेलालाइ हजारौ उपभोक्ताहरुले अभिरुचीपुर्वक अवलोकन गरिसकेका छन् ।
बिग सेल मेलामा विभिन्न कम्पनीले जाडो याम लक्षित गरि नयाँ डिजाइनका जुत्ताहरु समेत बिक्रि वितरणमा ल्याइएको छ । नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु भृकुटीमण्डपको बिग सेल मेलामा मात्र उपलब्ध गराइएको छ । यी जुत्ताहरुमा खुद्रा बिक्रि मुल्यमा ७५ प्रतिशत सम्म छुट उपलब्ध गराइएको छ ।
मेलामा रु. १५० देखि रु. १० हजार सम्मका जुत्ता तथा चप्पल बिक्रि वितरणका लागि राखिएको छ । यस मेलामा उपभोक्ताले सर्वसुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास आयोजकको रहेको छ । नेपाली जुत्ता घरमा आवद्ध कम्पनीको उत्पादनको गुणस्तर तथा विश्वसनीयताले गर्दा यस अघिका बिग सेल मेलामा आउनु भएका उपभोक्ताहरुनै यस मेलाको प्रतिक्षामा रहने गरेको पाइएको छ । ती सन्तुष्ट आम उपभोक्ताहरुको चर्चा र नेपाली ब्राण्ड प्रतिको अगाध बिश्वासको फलस्वरुप नियमित रुपमा नेपाली जुत्ता तथा चप्पलहरुको प्रयोगकर्ता दिनानुदिन बढ्दै गएको छ ।
नेपाली जुत्ता उद्योगहरुबाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु यस मेलाको प्रमुख उद्धेश्य रहेको नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाईले बताउनुभयो ।
नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्नुका साथै नेपाली ब्राण्ड प्रवद्र्धनमा टेवा पुग्ने र उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्न यस मेलामा सिमित डिजाईनका जुत्ता तथा चप्पलहरु लागत भन्दा पनि कम मुल्यमा बिक्रि गरिदै आएको छ ।
शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सप्mट टच, फुटल्याण्ड, ईजी सुज् र टम टेलर जस्ता चर्चित नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस एक्स्पोमा उपलब्ध छन् । यो मेलामा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्रि हुने लक्ष्य रहेको छ ।
कोही नझुक्किउन् र नठगीउन् भनेर उपभोक्ताहरुको हितलाई ध्यानमा राखी नेपाली जुत्ता घरमा उपलब्ध भएका सम्पूर्ण जुत्ता चप्पलहरुमा खुद्रा बिक्रि मुल्य अड्ढित गरिएको र नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरुमा ६ महिनाको वारेन्टी सहित बिक्रि गरिदै आएको छ ।
राष्ट्रिय नाचघर जमल स्थित मुख्य सोरुम सहित आप्mनो स्थापनाको ४ बर्षको अबधिमा नेपाली जुत्ता घरले आप्mनो सेवा बिस्तार गर्ने क्रममा महाराजगञ्ज चक्रपथ, ललितपुरको कुमारीपाटी, नमस्ते सुपरमार्केट पुल्चोक र बुद्धमल बालाजुमा गरी ५ वटा बिक्री कक्ष सञ्चालन गर्दै आएको छ । बिग सेलको यो योजना नेपाली जुत्ता घरका सबै बिक्रि कक्षहरुमा समेत उपलब्ध गराईएको छ । बिग सेल मेला सिमित अवधिको लागी मात्र आयोजना गरिएको हो ।