नवोदय सहकारीको साधारण सभा सम्पन्न
नवोदय सहकारीको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार भक्तपुरको निलबराहीमा पिकनिक सहित सम्पन्न सभाको प्रमुख अतिथिमा काठमाडौं जिल्ला खेलकूद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने रहेका थिए ।
साधारण सभामा अध्यक्षले वार्षिक प्रतिवेदन पेश गरेका थिए भने कार्यक्रमको सञ्चालन शंकरप्रसाद आचार्यले गरेका थिए ।
कूल चुक्ता पुँजी अन्ठाउन्न लाख अठहत्तर हजार रहेको कुल सहकारीमा हाल २००३ जना सदस्य रहेका छन् । नवोदय सहकारीले गत आर्थिक वर्षमा नौ करोड पैछठ्ठी लाख चौरासी हजार आठ सय तेह«को कारोवार गरेको जानकारी पनि दिइएको थियो ।
तपाइँको प्रतिक्रिया ।