भूकम्प प्रभावित बालबालिकाका लागि साङ्गितिक कार्यक्रम गरिने

भूकम्प प्रभावित बालबालिकाका लागि साङ्गितिक कार्यक्रम गरिने

कपन अनलाइन, काठमाडौँ, २ पुस ।

भूकम्प प्रभावित दृष्टिविहीन बालबालिकाको सहयोगका लागि यही पुस ९ गते राजधानीमा साङ्गितिक कार्यक्रम हुने भएको छ ।

नेत्रहीन युवा सङ्घ नेपाल र ‘मार्क इन्टरटेनमेन्ट एन्ड इभेन्टस्’ प्रालिले नेपालको चर्चित ब्यान्डसँग मिलेर कार्यक्रम गर्न लागेकोे हो ।

सङ्घका अध्यक्ष कलाधर भण्डारीले अपाङ्गता भएका व्यक्ति त्यसमा पनि दृष्टिविहीन बालबालिका भूकम्पबाट बढी प्रभावित रहेकाले भूकम्प पूर्व तयारी र कसरी आफूलाई सुरक्षित राख्ने भन्नेबारेमा कार्यक्रममार्फत सचेतना दिइने बताउनुभयो ।
सङघका महासचिव रामचन्द्र गैरेले स्वास्थ्य, सरसफाइ, तथा दृष्टिविहीन किशोरीहरुको प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या निकै देखिएकाले सुरक्षित रहने उपायबारे जानकारी गराउन आवश्यक रहेकोले उठेको रकम सोही कार्यक्रममा खर्च गरिने बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।