फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

कपन अनलाइन, बुटवल, १७ मङ्सिर ।

अदालतबाट सजाय पाएका एकजना फरार अभियुक्तलाई प्रहरीले बिहीबार पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा बुटवल उप महानगरपालिका– ९ दीपनगरका ४० वर्षीय किसनबहादुर क्षेत्री रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताउनुभयो ।

जबर्जस्ती करणी र जबर्जस्ती चोरी मुद्दामा रुपन्देही जिल्ला अदालतबाट सजाय पाएका क्षेत्रीलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा पेस गरी कारागारमा पठाएकोसमेत उहाँले बताउनुभयो

सहिदस्मारक तोडिएकोप्रति आपत्ति

प्रदेश न. ५ को सीमाकङ्न हेरफेरको प्रस्ताव विरुद्ध भएको आन्दोलनमा बिहीबार बुटवलको पुष्पलाल पार्कमा रहको सहिदस्मारक तोडिएकोप्रति नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ ।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा रुपन्देही जिल्ला संयोजक रामप्रसाद बञ्जाडे (टङ्कमणि) ले एक विज्ञप्ति जारी गर्दै सहिदस्मारक तोडिएकोप्रति गम्भीर आपत्ति प्रकट गर्नुभएको हो ।

विज्ञप्तिमा शान्तिपूर्वक आन्दोलन गर्न पाउने जनताको अधिकार भए पनि सार्वजनिक सम्पत्तिको क्षति पु¥याउनु निन्दनीय कार्य भएको भनिएको छ ।

यसैबीच महान सहिदपरिवार नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही संयोजक शिवप्रसाद घिमिरेले पनि विज्ञप्ति मार्फत तोडफोड घटनाको घोर भत्र्सना गर्नुभएको छ । एमाले तथा कांँगे्रेसका नेताले आफ्नो कार्यकर्ताबाट तोडफोड नभएको दाबीसमेत गरेका छन् । रासस

तपाइँको प्रतिक्रिया ।