तीनै तहको चुनाव गर्न माग
कपन अनलाइन, काठमाडौँ, १२ मङ्सिर ।
नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले संविधान संशोधन संवेदनशील विषय भएको र यो देश र जनताको भविष्यसँग गाँसिएकाले अहिले ल्याउने भनिएको प्रस्ताव पहाड तथा तराईवासी कसैको हितमा नभएको बताउनुभएको छ ।
यहाँ आज आयोजित साक्षात्कारमा नेता रावलले वर्तमान सरकारको जिम्मेवारी चुनाव गर्ने रहेकाल प्रदेश सहित तीनै तहको निर्वाचन घोषणा गर्न माग गर्नुभयो ।
अर्काे प्रसङ्गमा उहाँले भन्नुभयो “भारत र चीन मित्र राष्ट्र हुन् तर मित्रताको अर्थ उनीहरु माझ लम्पसार परेर आफनो अस्तित्व समाप्त गर्ने होइन, एमालेले त्यसको विरोध गरिरहेको छ तर विरोधका दौरान जनतालाई दुख दिइने छैन । रासस
तपाइँको प्रतिक्रिया ।