ओली सरकारको बजेट प्रचण्ड सरकारद्वारा हुबहु पारित
१४ असोज, काठमाडौं ।व्यवस्थापिका संसद्मा बजेट आश्रित ३ विधेयक पारित भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट आश्रित ३ विधेयक बहुमतले हुबहु पारित गरेको संसद् सचिवालयले जनााएको छ ।बजेट आश्रित विधेयक मध्ये विनियोजन विधेयक बाहेक आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने सम्बन्धि विधेयक लगायत सबै विधेयक पारित भएको हो ।अर्थमन्त्री कृष्णबहादुर महराले बिहीबार व्यवस्थापिका संसद्मा बजेटको सैदान्तिक छलफलका लागि पेश गरेको बजेट शुक्रबार पारित भएको ससद् सचिवालयले जानकारी दियो ।
तपाइँको प्रतिक्रिया ।