तेज रोक्काले जेष्ठ नागरिकलाई ह्विलचियर दान गरे
कपन अनलाइन, १५, भदौ, २०७३
समाजसेवी तेज रोक्काले महिला जेष्ठ नागरीकलाई निःशुल्क ह्विलचियर प्रदान गरेका छन् । ७५ वर्षीय मधेशी महिलालाई रु. ११ हजार पर्ने ह्विलचियर प्रदान गर्दै रोक्काले आफू बृद्धहरुको सेवामा खुशी प्राप्त गर्ने बताएका छन् ।
यसैबीच रोक्काले चावहिलस्थित जिपिकोइराला कलेजलाई १० थान विशेषरुपमा प्याकिङ गरिएको फस्ट एड किट उपलब्ध गराएका छन् । नागरीक भएपछि समाज आइपर्ने बिबिध समस्या र पक्षमा आफूले सकेको सहयोग गर्नु दायित्व हुने उनले बताए । समाजसेवी तथा विकास अभियान्तसमेत रहेका तेजबहादुर रोक्काले बुढानिलकण्ठ नगरपालिका कसरी विकास गर्ने भन्ने विषयमा रोडम्याप तयार गर्ने क्रममा रहेका छन् । बुढानिलकण्ठलाई कसरी विकास गर्ने विषयमा रोक्काले कपन अनलाइनसँग सहकार्य गरिरहेको छन् ।
तपाइँको प्रतिक्रिया ।