१५ महिनामा बुढानिलकण्ठ नगरपालिकाको भवन निर्माण हुने
कपन अनलाइन, २६ असार, २०७३
बुढानिलकण्ठ नगरपालिकाले हात्तीगौँडामा रहेको २१ रोपनी सार्वजनिक जग्गामा १३ करोड लगानी गरेर आफ्नो भवन निर्माण तरखरमा जुटेको छ ।
हात्तीगौडाको टेलिकम नजिक रहेको सो जमिनमा भवन निर्माण प्रकृयाका लागि ४ वटा कम्पनीको बोलकबोलबाट नगरपालिकाको लागत इस्टमेन्टभन्दा १५ प्रतिशत कममा काम गर्न तयार भएको श्रृंखला निर्माण प्रालिलाई भवन बनाउन जिम्मा दिइएको छ । निर्माण गर्ने क्रममा यो वर्ष ३ करोड ३४ लाख खर्च गरिनेछ । सो रकमअन्तर्गत नगरपालिका स्वयंले १ करोड खर्च गर्नेछ बाँकी रकम मन्त्रालयलगायतबाट प्राप्त गर्नेछ । भवन निर्माण प्रकृया तयारी शुरु गरिरहेको नगरपालिका यतिखेर हात्तीगौँडामा रहेको २१ रोपनी सार्वजनिक जग्गाको लालपूर्जा प्राप्त गर्न मन्त्रालय तथा सम्बन्धित निकायमा पत्राचार गरिसकेको छ । सो भवन १५ महिनाभित्रका साँढे दुईतल्ला निर्माण गरिनेछ ।
- नगरपालिकाले निर्माण गर्नलागेको भवनको फोटो हुनु पर्नेमा अन्य फोटो पर्न गएकोमा हटाइएको छ ( सम्पादक )