चट्याङ लागेर आमाछोराको मृत्यु
कपन अनलाइन /लुम्बिनी (रुपन्देही), २३ असार ।
यहाँ चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेका बेला चट्याङ लाग्दा मैनहिया गाविस–४ अमारीका ४४ वर्षीया शुभवती धवल र उनका छोरा रामकेशको मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा काम गरिरहँदा राति ८ बजे परेको चट्याङ लाग्दा घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
चट्याङ लागेर घाइते भएका चार जनालाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा ल्याइएकामा दुई जनाको मृत्यु भएको थियो । घाइते ६५ वर्षीया सोनमती भर र १९ वर्षीय प्रदीप धवलको मेडिकल कलेजमा उपचार भइरहेको र दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस
तपाइँको प्रतिक्रिया ।