एमाले बूढानीलकण्ठ प्रमुखमा संगम गहतराज र नगरपालिका प्रतिनिधिमा बिदुर बिक्रम खड्का

कपन अनलाइन / जेष्ठ ३२  

नेकपा एमाले बूढानीलकण्ठ नगर कमिटिको प्रमुखमा संगम गहतराज र नगरपालिका प्रतिनिधिमा बिदुर बिक्रम खड्का चयन भएका छन् ।

Sangam_bidur

नेकपा एमाले काठमाडौं जिल्ला कमिटिको बैठकबाट दुवैजनालाई यो जिम्मेवारी प्रदान गरिएको हो । कपन निवासी गहतराज र चपली निवासी खड्का दुवैजना लामो समय एमालेको काठमाडौंमा राजनीति गरेका बूढानीलकण्ठ भेगमा परिचित प्रभावशाली युवा नेतृत्वहरु हुन् ।

एमाले काठमाडौंमा ओली पक्ष भनेर दुवैजनालाई चिनिन्छ । यस अघि एमाले बुढानीलकण्ठ नगर कमिटिमा गहतराज सचिवको जिम्मेवारीमा थिए भने नगरपालिका प्रतिनिधिमा उद्धव खरेल रहेका थिए ।

  • लिंकमा  समस्या आएको हुदा २०७३ /३/१ गते पुन प्रकाशित गरिएको । सम्पादक
तपाइँको प्रतिक्रिया ।