एमाले क्षेत्रीय अधिवेशनमा न्यौपानेको दावी सर्वाधिक असरदार

एमाले क्षेत्रीय अधिवेशनमा न्यौपानेको दावी सर्वाधिक असरदार

dhurba raj

कपन अनलाइन/१३ चैत्र, २०७२
एमालेको काठमाडौं क्षेत्र नं. ४ को सचिव पदमा कपनबाट ध्रुवराज न्यौपाने र निरन्जन नेपाल भिड्ने देखिएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका न्यौपानेले माधव नेपाल प्यानलबाट आफ्नो उम्मेदवारी दावी गरिसकेका छन् भने युवा संघमा बसेर काम गरेका निरन्जन नेपालको नाम ओली पक्षबाट आजै सार्वजनिक भएको हो ।

कपनमै स्थायीरुपमा बस्ने यी दुईबीचको लडाइँ कपनमा रहेको ४२ मत तान्नका लागि उपयोग भएको हो भन्ने आंकलन भैरहेको बेला हिजो भएको प्रतिनिधि चयनमा ध्रुवराज न्यौपानेले कपनको ७५ प्रतिशत मत पाउने पक्का रहेको एक क्षेत्रीय सदस्यले कपन अनलाइनलाई बताए । पार्टी संगठनमा लामो समयदेखि काम गरेका न्यौपाने सामाजिक क्षेत्रका पनि अगुवा हुन् । क्षेत्र नं. ४ को सबैभन्दा ठूलो सामाजिक संस्था कपन जोरधारा खानेपानी संस्थाका अध्यक्षसमेत रहेका न्यौपाने वालकुमारी स्कुल व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् भने तत्कालिन कपन गाविस गाउँ पार्टी कमिटिमा रहेर २ कार्यकाल अध्यक्ष रहेका थिए । त्यसैगरी कपनकै निरन्जन नेपाल पार्टी संगठनभन्दा युवा संघमा सक्रिय व्यक्ति हुन् । उनी पार्टीको क्षेत्रीय सदस्य पनि हुन् ।

तपाइँको प्रतिक्रिया ।