माधव नेपालबाट कार्की र न्यौपाने पक्का, ओलीको अझै कन्फर्म भएन
कपन अनलाइन/१३ चैत्र, २०७२
एमाले क्षेत्र नं. ४ मा अधिवेशनको माहौल चलिरहेको छ । यतिखेर खुल्ला सत्र चलिरहेको छ । तर प्रधानमन्त्रिसमेत रहेका केपि ओली पक्षले कसलाई उठाउने अझै पक्का हुन सकेको छैन । टीका पराजुली र लक्ष्मी संग्रौलाको नाम अगाडि आए पनि को अध्यक्ष पदको उम्मेदवार हुने बारे कन्फर्म हुन सकेको छैन । तर माधव नेपाल पक्षले भने २ साता अघि नै वर्तमान क्षेत्रीय अध्यक्ष कुसुमकुमार कार्कीलाई अध्यक्ष र ध्रुवराज न्यौपाने सचिव पदमा उठाउने निर्णय गरिसकेको छ ।
खुल्ला सत्रको कार्यक्रम अन्त्य हुँदा सम्म ओली पक्षले आफ्नो उम्मेदवार घोषणा गर्न नसक्नुलाई सबैले अनौठो मानेका छन् । राष्ट्रपति विद्या भण्डारीको गृह क्षेत्र भएकाले पनि यो क्षेत्रमा सबैले ओली पक्षले विजय प्राप्त गर्ने आंकलन गरेता पनि हिजो भएका प्रतिनिधि चयनमा माधव नेपाल पक्ष हावी हुनुले पनि को उम्मेदवार भनेर तोक्न नसकेको बताइएको छ । एक अपुष्ट समाचार अनुसार वर्तमान क्षेत्रीय सचिव टीका पराजुलीले नै ओली पक्षलेअध्यक्ष पदको उम्मेदवार हुने बताइएको छ ।