मण्डिखाटार जनक चोकबाट ग्याँस सिलिण्डर लुकाई राख्ने पक्राउ
काठमाडौँ, ८ फागुन
बढी मूल्यमा ग्याँस बिक्री गर्ने उदेश्यले सिलिण्डर लुकाई राख्ने वुढानिलकण्ठ नगरपालीका–११ मण्डिखाटार जनकचोक स्थित प्रसाई ट्रेडर्सका भुवन प्रसाद प्रसाईलाई हिजो प्रहरीले पक्रिाउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले बिहीबार उनलाई लुकाई राखेको गिता ग्याँसको सिलिण्डर १६ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको महानगरीय प्रहरी बृत्तले कपन अनलाइन लाइ बतायो ।
नेपाल प्रहरी अपराध महाशाखाले कपन ह्याण्डबल र सिद्धेश्वर मन्दिर हाईटका ग्याँस डिपोहरूबाट केहि समय अगाडी ठुलो परिणाममा खाना पकाउने ग्यास बरामत गरेको थियो ।
तपाइँको प्रतिक्रिया ।