राजु श्रेष्ठसँग प्रतिष्पर्धा गर्न श्रेष्ठ तथा संगत बुथमा सर्वसम्मत, को उम्मेदवार हुने अझै अन्यौल !!!
कपन अनलाइन/माघ १६, २०७२
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनअन्तर्गत इकाई अधिवेशनका अधिकांश नतिजाहरु आउँदै गर्दा अब क्षेत्रीय अधिवेशनको गणतीय कार्य शुरु भएको छ । काठमाडौं क्षेत्र नं. ४ मा को सभापति हुने बारेको बहश अब प्रकृयागतरुपमा अगाडि बढेको छ । क्षेत्र नं. ४ यसअघि नै क्षेत्रीय सभापतिमा उम्मेदवारी दावी गरिसकेका नेता राजु श्रेष्ठ सर्वसम्मत हुने हुन् वा उनीसँग श्यामकृष्ण संगत र न्हुच्छेनारायण श्रेष्ठमध्ये कोही प्रतिष्पर्धामा जाने हो बारेमा अझै अन्यौल यथावत छ र इकाइबाट बुथमा आएका क्षेत्रीय प्रतिनिधिहरुको लिस्ट हेर्दा धेरैले राजु श्रेष्ठ सभापति हुने कुरामा आंकलन गर्न थालेका छन भने सभासद गगन थापाले अझै आफ्नो तर्फबाट वा हालको क्षेत्रीय कमिटिबाट को सभापतिको उम्मेदवार बन्ने बारेमा अझै टुंगो लागिसकेको छैन । हाल सभापति न्हुच्छेनारायण श्रेष्ठ र सचिव श्यामकृष्ण संगतमध्ये को सभापति हुने बारेमा ठूलै खिचातानी रहेको बताइएको छ ।
यसैबीच काठमाडौं क्षेत्र नं. ४ का सम्भावित सभापति उम्मेदवार श्यामकृष्ण संगत क्षत्रीय प्रतिनिधिको रुपमा सर्वसम्मत भएका छन् । विवाद बढेपछि हिजो हुनु पर्ने कामनपा वडा ८ को नेका अधिवेशन आज सम्पन्न हुँदा श्यामकृष्ण संगत, नरोत्तम वैद्य, मनोज वैद्य तथा रोहित पौडेल आदि सर्वसम्मत भएका थिए । लामो विवाद तथा खिचातानीबीच गगन थापा प्यानल, शेरबहादुर देउवा प्यानल र प्रकाशमान सिंह प्यानलमा विभाजन भएको वडा नं. ८ नेका अधिवेशनपश्चात क्षेत्र नं. ४ मा को गगन थापा समर्थक सभापति उम्मेदवार हुने बारे बहश शुरु भएको छ । गगन थापाका उम्मेदवार हुन सक्ने व्यक्तिको रुपमा चिनिएका न्हुच्छे नारायण यसअघि नै चुनिखेलबाट सर्वसम्मत भैसकेका छन् । श्रेष्ठ र संगत दुवैले गगन थापा प्यानलबाट सभापति पदमा लड्ने इच्छा जनाइसकेका छन् ।