देशकै सबैभन्दा ठुलो वडाले ७ करोड माग्यो
कपन अनलाइन\५ पुष,जनसंख्याको हिसाबले नगरपालिकामध्ये देशकै सबैभन्दा ठूलो वडा मानिएको बुढानिलकण्ठ नगरपालिका अन्तर्गतको सबैभन्दा ठुलो वडा नम्बर १२ ले एक कार्यक्रम आयोजना गरी आसन्न नगर परिषदका लागि योजना सङ्कलन गरेको छ । हिजो शनिवार बुनपा १२ स्थित बालउद्धार उ.मा.वि मा भएको योजना सङ्कलन कार्यक्रममा स्थानीयबासीहरुले करिब ७ करोड रुपयाँ बराबरीको योजनाहरु वडा नागरिक मंच तथा राजनीतिक दलका प्रतिनिधि मार्फत वडा प्रतिनिधिहरुलाई बुझाएको छ ।
योजना सङ्कलन कार्य आगामी बुधबारसम्म हुने र प्राथमिकताका आधारमा आगामी परिषदमा लैजाने संयुक्त वडा सचिव अच्यूत खड्काले बताए । कार्यक्रममा नेपाली कांग्रेसका नगर संयोजक न्हुच्छेनारायण श्रेष्ठ, नेकपा (एमाले) का नगर प्रतिनिधि उद्धब खरेल, नेका १२ नम्बर संयोजक नारद मणि घिमिरे, नेकपा एमाले १२ वडा संयोजक नवराज भट्टराईलगायतको उपस्थिति थियो । कार्यक्रमको सभाध्यक्ष बुनपा १२ नम्बर वडा नागरिक मन्च संयोजक श्याम डोटेलले गरेका थिए ।