विप्लव माओवादी ‘भूमिगत’ हुने
काठमाडौँ , ३ पौष | विप्लव नेतृत्वको नेकपा माओवादी भूमिगत हुने भएको छ । पार्टीको घोषित नीति अनुसार ‘जनताकोमा जाने’ नीति अन्तर्गत पार्टी अर्धभूमिगत शैलीमा जान लागेको हो ।
विप्लव माओवादीका उच्चस्तरीय नेताले कपनअनलाइन डटकमलाई बताए अनुसार स्थानीय स्तरमा जनतामाथि हुने विभेद, अन्याय र शोषणका विरुद्ध सङ्घर्षमा पार्टी उत्रिने भएको हो ।
नेकपा माओवादीले यसअघि पनि स्थानीय जनसंघर्षको नाममा खासगरी जग्गा कब्जा अभियानलाई तीव्र पार्दै आएको छ । रणनीतिक हिसावले एकीकृत क्रान्तिको कार्यादिशा अघि सारेको विप्लव माओवादीले तत्कालका लागि जनतालाई साथमा लिएर जन कारवाही तीव्र पार्ने बताएको छ ।
पार्टीले भारतीय हस्तक्षेपविरुद्ध समेत प्रतिरोधी अभियान जारी राखेको छ । अहिले उक्त पार्टीका नेताहरु मेची महाकाली जागरण अभियानमा व्यस्त छन् ।
तपाइँको प्रतिक्रिया ।