एमाले काभ्रेपलाञ्चोकको अधिवेशनबाट नयाँ नेतृत्व चयन
बनेपा, २ पुस । नेकपा (एमाले) काभ्रेपलाञ्चोकको नवौँ अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व चयन भएको छ ।
एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षधरका टोपबहादुर वाइवाले अध्यक्ष पदमा ५५७ मत प्राप्त गरेर विजय हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्व ओली पक्षका भीम न्यौपानेले ५३६ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा अशोक व्याञ्जु, सचिवमा नारायणप्रसाद पाण्डे, उपसचिवमा इन्द्रबहादुर तामाङसहित ओलीपक्षको प्यानल विजयी भएको छ । ७७ पदमध्ये ७० पदमा ओली पक्षले विजय हासिल गरेको छ ।
नेतृत्वका लागि जिल्लामा सहमति नभएपछि वरिष्ठ नेता माधव नेपाल पक्षधर र अध्यक्ष ओली पक्षधरको दुई छुट्टछुट्टै प्यानल बनाएर निर्वाचन भएको हो ।
तपाइँको प्रतिक्रिया ।