टर्कीको खाद्यपदार्थ आयातमा रसियाको कडाई
मस्को, २२ मङ्सिर । विगतका केही समययतादेखि रसिया र टर्कीबीचको सम्बन्ध चिसिएपछि रसियाले टर्कीबाट गरिँदै आएको खाद्यपदार्थको आयातमा कडाई गरेको समाचार छ ।
गत महिनादेखि टर्की र रसियाबीचको सम्बन्धमा तिक्तता उत्पन्न भएको छ । यसका कारण रसियाले आफ्नना नागरिकलाई टर्कीको भ्रमण नगर्न पनि सार्वजनिक सूचना जारी गरेको छ ।
सिरियाली सीमाक्षेत्रमा गत महिना टर्कीले एक रसियाली युद्धक विमान खसालेपछि टर्कीसँगको सम्बन्ध बिग्रिँदै गएको छ । सोही सम्बन्धको परिणामस्वरूप रसियाको यो निर्णय आएको बताइन्छ ।
रसियाले टर्कीका कतिपय कृषिजन्य खाद्यपदार्थहरूले रसियाली मापदण्ड पूरागर्न नसकिरहेको पाइएकोले यसो गरेको बताएको छ । तर यसलाई टर्कीले भने नियोजित भनेको छ ।
टर्कीले विगत लामो सयमदेखि नै रसियामा निर्यात हुँदै आएका खाद्य पदार्थहरु पनि अहिले आएर रसियाले आयतमा रोक लगाउनु भनेको उसको नियत मात्र हो भनेको छ ।
रसियाले विगतदेखि आयात गर्दै आएका करिब १५ प्रतिशत खाद्यपदार्थमा रसियाको खाद्यप्रविधि गुणस्तरका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेकाले पछिल्लो समयमा यसमा कडाई गरिएको जनाएको छ ।
रसियाली कृषिमन्त्री अलेक्जेन्डर टिकाचेभले हालैमात्र सो जानकारी बिहीबार दिनुभएको हो । त्यसयता करिब दुई हप्तादेखि रसियाले टर्कीका खाद्य सामाग्री आयतमा निकै कडाई गरिरहेको छ ।
उहाँले रसियाले सीमा क्षेत्रमा थप आवश्यक मापदण्डका लागि सीमा क्षेत्रमा कडाईका साथ जाँच अघि बढाइने जानकारी दिनुभयो ।
टर्कीले आफ्नो भूभागमा बिना अनुमति प्रवेश गरेको भन्दै रसियाको एक युद्धक विमान खसालेको बताएको थियो । सिरियामा रसियाले आक्रमण गरिरहेको जनाएको छ ।
सो आक्रमणका क्रममा एक विमान सिरियाली भूभागमा नै उडेको रसियाली अधिकारीहरूको दाबी छ भने टर्कीले भने रसियाली विमान विगत लामो समयदेखि नै टर्कीको भूभागमा उड्ने गरेको बताएको छ ।