बुढानिलकण्ठका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको सरुवा बदर, प्रसासनिक अन्यौलको अन्त्य
कपन अनलाइन
काठमाडौं कात्तिक २२।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको सरुवा बदर भएको छ। सो सरुवा बदर संगै बुढानिलकण्ठ नगरपालिकामा रहेको खाता संचालन सहितको प्रसासनिक अन्यौलको अन्त्य भएको छ।
२०८३ असोज ५ गते मन्त्रालयले बर्तौलालाई बुढानीलकण्ठबाट सप्तरीको खडक नगरपालिकामा सरुवा गरेको थियो। असोज १४ गते: बर्तौला सरुवा बदरको माग गर्दै प्रशासकीय अदालत पुगेका थिए।
असोज १५ गते अदालतले सरुवा निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो भने कार्तिक २० गतेको सुनुवाईमा अदालतले सोहि निर्णयलाई निरन्तरता दिएको थियो।
तपाइँको प्रतिक्रिया ।
