बुढानिलकण्ठ मन्दिर क्षेत्रमा डोजर चल्यो,अबैध मदिरा र मासु पसल हटाउन स्थानीयको माग
कपन अनलाइन
काठमाडौं कात्तिक १८।
बुढानिलकण्ठ मन्दिर क्षेत्रमा निर्माण गरिएका संरचनाहरुमा डोजर चलेको छ। लामो समयदेखी अधिग्रहण र अन्य विषय बल्झिदा रोकिएको संरचना हटाउने काम आजबाट शुरु भएको हो।
कार्तिक १८ गते सो मन्दिर क्षेत्रमा रहेका विभिन्न अबैध र मुआब्जा बुझिसकेका संरचनाहरुमा डोजर चलाइएको हो।बुढानिलकण्ठ मन्दिरको विस्तार र विकासका लागि सो क्षेत्रमा रहेका विभिन्न संरचनाहरु हटाउनु [पर्ने माग लामो समयदेखी चलेपनि हालसम्म कुनै गतिविधि अगाडी बढेको थिएन।
देश विदेशका हिन्दु धर्मालम्बी र पर्यटकहरुको रोजाइमा पर्ने धार्मीक तथा पर्यटकीय स्थल हो बुढानिलकण्ठ जुन शिवपुरी -नागार्जुन रास्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भित्र पर्दछ।
विशेष मेला र पर्व बाहेक पनि दैनिक सयौ तिर्थालु र आन्तरिक पर्यटकले भ्रमण गर्ने यस मन्दिर क्षेत्रमा रहेका संरचना र पूर्वाधार साघुरो र कम रहेका कारण उनीहरुको बसाइ भने निकै छोटो हुने गरेको छ।
मन्दिर क्षेत्रमा रहेका सानातिना होटल र पसल बाहेक लामो समय सम्म पर्यटक रोक्न सक्ने पूर्वाधार नभएको सो स्थानमा रहेको मन्दिर परिसर पनि निकै सानो रहेको छ ।
धेरै पटक मन्दिर क्षेत्र विस्तारको पहल भए पनि विविध कारणले सो रोकिए संगै मन्दिर क्षेत्रमा कुनै ठुला पूर्वाधार निर्माण हुन् सकेका छैनन् ।
करिव ४२ वर्ष अगाडी देखि शुरु भएको मन्दिर क्षेत्र विस्तार तथा व्यवस्थापनको प्रयास केवल प्रयासमा सिमित बनेको थियो ।
मन्दिर परिसरमा मासु र मदिरा विक्री रोक्न स्थानीयको माग : नगरपालिकाको सुचना कसले तुहायो ?
बुढानीलकण्ठ नगरपालिकाले धार्मिक स्थल तथा मठमन्दिर वरपर मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न/नगराउन सार्वजनिक सूचना जारी गरेकोथियो ।
नगरपालिकाले २०५६ सालको स्थानीय प्रशासन ऐन तथा प्रचलित कानुनी व्यवस्था अनुसार धार्मिक आस्था र सामाजिक मर्यादालाई ध्यानमा राख्दै यस्तो निर्देशन दिएको जनाएको थियो।
नगरपालिकाद्वारा जारी सूचनामा बुढानीलकण्ठ क्षेत्रभित्र रहेका धार्मिक स्थल तथा मठमन्दिरको ३ सय मिटर क्षेत्रभित्र मदिरा तथा मादक पदार्थ बिक्री वितरण नगर्न आग्रह गरिएपनि केहि जनप्रतिनिधि सहित स्थानीयहरुले डेलिगेसन सहित नगरपालिकामा आएर दवाव दिएपछी आफ्नै निर्णयबाट नगरपालिका पछाडी हटेको थियो।
ठुलो शंख्यामा भारत लगायतका मुलुकबाट आउने भक्तजनहरुले निर्वाध मासी र मदिरा बेच बिखन भएको देख्दा मन्दिर क्षेत्रमा भोजन गर्न निकै असजिलो मानेको एक स्थानीय मिठाइ पसलेले बताएका छन।
भगवान नारायणका भक्तहरुले यस्तो धर्मले बन्देज गरेको मदिरा र मासु देख्दा यहाँ खानपान गर्न हिचकिचाएको भन्दै उनले यसको यथासिघ्र समाधान खोज्नुपर्ने धारणा समेत राखेका छन।
यसमा अव नगरपालिकाले धार्मिक आस्था जोगाउला कि भोट बैंक बचाउने मेलोमा लाग्ला ? भन्ने प्रश्न पेचिलो बनेको छ।
