रिलायन्स ईन्टरनेसनल एकेडेमी कपनकी प्रयुशा भइन् जिनियस स्टार अफ नेपाल
कपन अनलाइन
काठमाडौं असोज २२।
जिनियस स्टार अफ नेपालको नृत्य तर्फको उपाधी रिलायन्स ईन्टरनेसनल एकेडमी कपनकी प्रयुशा अधिकारीले जितेकी छिन । Genius Digital Music Pvt Ltd को आयोजनामा सम्पन्न कार्यक्रममा बिहानी तामाङ द्वितीय तथा सायाङ लामा तृतीय भएका छन्।
बलबालिकामा रहेको नृत्य तथा गायन प्रतिभा उजागर तथा सम्मान गर्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगिताको नृत्य विधातर्फ वरिष्ठ नृत्य निर्देशक कमल राई, वरिष्ठ नृत्य निर्देशक तथा डिडानका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ र कलाकार पुजना प्रधान गुरुङ निर्णायकका रूपमा रहेका थिए ।
त्यसैगरी, गायन विधातर्फ वरिष्ठ संगीतकार राजु सिंह, गायक तथा संगीतकार भानुभक्त ढकाल र गायिका जुनु रिजाल निर्णायकका रूपमा रहेका थिए । चलचित्र कलाकार संघका पूर्व अध्यक्ष तथा वरिष्ठ कलाकार मोहन निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार उत्तम के.सी. विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार तथा मिलाप मासिकका प्रधान सम्पादक कृष्ण भुसाल, महाकाव्यकार क्षेमनाथ दाहाल, प्रस्तोता समाजका अध्यक्ष नरहरि प्रेमी, पत्रकार गीता अधिकारी, गायिका सारिका घिमिरे, गायक तथा संगीतकार योगेश काजी शाह, कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष राजेन्द्र लुइटेल, गायक तथा संगीतकार राजेन्द्र बजगाई, गायक तथा संगीतकार चेतन राईलगायत कला, संगीत, पत्रकारिता तथा मनोरञ्जन क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति थियो।
रिलायन्स ईन्टरनेसनल एकेडेमीले बिद्यार्थीमा रहेको मौलिक प्रतिभालाई सधै प्राथमिकतामा राखेको यस एकेडमीका सहायक प्रधानाध्यापक श्रीधरप्रसाद पौडेलले बताए । यस एकेडमीले अतिरिक्त क्रियाकलापलाई विशेष प्राथमिकतामा राख्दै विद्यार्थीको रुचि क्षमतालाई उजागर गराउन सधैं रचनात्मक खालका कार्यक्रम पनि गर्दै आएको सहायक प्रधानाध्यापक पौडेलले बताउनुभएको छ ।
