मार्वलस र संस्कृति यु–१६ अन्तरविद्यालय छात्र बास्केटबलको उपाधिनजिक
कपन अनलाइन
काठमाडौं असोज १२।
मार्वलस र संस्कृति इन्टरनेसनल स्कुल यु–१६ अन्तरविद्यालय छात्र बास्केटबलमा सोमबार फाइनलमा प्रवेश गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मार्वलसले डाफोडिललाई ७०–४८ ले सहजै पराजित ग¥यो । मार्वलसका रोशन कुश्वर्नाले २६ अंक जोडे ।
पहिलो क्वाटरमा २२–७ को अग्रता लिएको मार्वलस दोश्रोमा १५–१९ ले पछि प¥यो । तेश्रो १२–९ र चौथोमा २१–१३ को अग्रता बनाउदै मार्वलसले जितअन्तर फराकिलो बनायो ।
नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा संस्कृतिले भ्याली पब्लिकलाई ७६–५७ ले हरायो । संस्कृतिका अभिग्न श्रेष्ठले सानदार प्रदर्शन गर्दै ३९ स्कोर गरे ।
संस्कृतिले पहिलोमा १४–१६, दोश्रोमा २८–१३, तेश्रोमा १५–१९ र चौथोमा १९–९ को प्रदर्शन ग¥यो । फाइनल मंगलबार हुनेछ ।
